४ श्रावण २०८३, सोमबार
,
Latest
नयाँ सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-ओलीसंग नेपालको के भयो कुरा



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ ।

मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्षसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताउनु भयो । उहाँले यद्यपी नेकपा (एकीकृत समाजवादी) को बुधवारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ । सकारात्मक छ । यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ ।’

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल