काठमाडौं । नेपाली काग्रेसका नेता शेखर कोईरालाले कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको जनाउनु भएको छ ।
नेता कोईरालाले यस घटनामा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको उल्लेख गर्नुभएका छ ।
उहाँले राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य भएपनि हिजोको घटना सामान्य जनाउदै भविष्यको लागि सजग बन्नुपर्ने जनाउनु भएको छ ।
नेता कोईरालाले सामाजिक संञ्जालमा लेख्नु भएको छ-
राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।