• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बालुवाटारमा नयाँ गठबन्धनको दोस्रो बैठक जारी



काठमाडौं । शक्ति बाँडफाँटमा सहमति जुटाउन नयाँ गठबन्धनको दोस्रो बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकमा एमाले, माओवादी, रास्वपा र जसपाको शिर्ष नेताको उपस्थिती रहेको छ ।

बैठकमा लिखित सहमति हुने र मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा सहमतिमा हुने बताईएको छ ।  छलफलमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र राजेन्द्र श्रेष्ठ सहभागि छन् ।

प्रधानमन्त्रीले आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । सोमबार बिहान बसेको बैठकको सहमतिअनुसार एमाले, रास्वपा र माओवादीबाट एक–एक मन्त्रीले आजै शपथ खाँदैछन् ।

यसअघि भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदल बनिसकेको छ । जसमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।