१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा नयाँ गठबन्धनको दोस्रो बैठक जारी



अ+ अ-

काठमाडौं । शक्ति बाँडफाँटमा सहमति जुटाउन नयाँ गठबन्धनको दोस्रो बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकमा एमाले, माओवादी, रास्वपा र जसपाको शिर्ष नेताको उपस्थिती रहेको छ ।

बैठकमा लिखित सहमति हुने र मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा सहमतिमा हुने बताईएको छ ।  छलफलमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र राजेन्द्र श्रेष्ठ सहभागि छन् ।

प्रधानमन्त्रीले आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । सोमबार बिहान बसेको बैठकको सहमतिअनुसार एमाले, रास्वपा र माओवादीबाट एक–एक मन्त्रीले आजै शपथ खाँदैछन् ।

यसअघि भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदल बनिसकेको छ । जसमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।