• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री दाहाल



काठमाडौं: प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कने विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, प्रतिक्रियावादीहरुले दुरुपयोग गर्न खोजे म लात्ताले हानेर हिँड्ने व्यक्ति हुँ ।

निकै आक्रामक रुपमा सम्बोधन गर्नुभएका दाहालले आफूलाई पटकपटक घेराबन्दी गर्ने प्रयास भएको र त्यसलाई भत्काउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’

दाहालले आफूमाथि अस्थिर चरित्रको भनेर आरोप लगाइने गरेको बताउँदै आफू देश र जनताप्रति मात्र इमान्दार रहने स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले आफू निरन्तरतामा क्रमभंगता गर्ने व्यक्ति भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, माओवाााााादीको सिद्धान्त र व्यवहार जमेको पोखरी होइन, गडगडाउने खोला हो ।

आफू निरन्तरताका क्रमभंगता गर्ने व्यक्ति भएको उल्लेख गर्दै बेलाबेलामा नयाँनयाँ परिस्थिति सृजना गर्ने उहाँले बताउनुभयो । उहाँले आफू नमर्दासम्म मुलुकमा उथलपुथल हुने बताउँदै आफू नेपाली जनता र नेपाल राष्ट्रको मात्र घोडा भएको बताउनुभयो ।