• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने ★   आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने ★   पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला ★   नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ ★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा ★   रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय ★   लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ★   वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

राजनीतिमा फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जेसुकै परिवर्तन भएपनि मिसन ८४ नछाड्ने बताएका छन् ।

सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रममा बोल्दै ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताए ।

आज देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति । आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’

सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने बताउदै ओलीले भने, ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ । त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु । आज केही परिवर्तन हुन्छ।’