२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैभव गुप्ताले जिते ‘इन्डियन आइडल १४’ को उपाधि



अ+ अ-

एजेन्सी । चर्चित भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को उपाधि वैभव गुप्ताले जितेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा वैभव विजेता बनेका हुन् । उनले उपाधिसँगै २५ लाख भारुको चेक र ‘हट एण्ड टेकी’ ब्रेजा कार पनि पाएका छन् ।

फिनालेमा वैभव गुप्तासहित आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभनबिच प्रतिस्पर्धा भएको थियो । शोमा शुभदीप दास उपविजेता घोषित हुँदा पियुष पनवार सेकेन्ड रनरअप भए । उनीहरुले ट्रफीसँगै ५ लाख भारुको चेक पाएका थिए ।

यस्तै, अनन्या पाल थर्ड रनरअप भइन् । उनले ट्रफीको साथमा तीन लाख भारु पुरस्कार पाइन् ।

यसैपालिको सिजनमा नेपालबाट मेनुका पौडेल पनि सहभागि भएकी थिईन् । उनी टप १०सम्म पुगेकी थिईन् ।