४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौं । नयाँ गठबन्धनको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका र त्यसका लागि शिर्ष नेताहरुसँग छलफल भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमार्फत मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाईने बताईएको छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान मन्त्रिपरिषदको सेट परिवर्तन गरेर तत्काललाई नयाँ मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।