११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

गठबन्धन संकटमा, बालुवाटरमा प्रचण्ड ओली र रवि बीच सहकार्यबारे छलफल

गठबन्धन संकटमा, बालुवाटरमा प्रचण्ड ओली र रवि बीच सहकार्यबारे छलफल
फाइल तस्वीर
अ अ+ अ-

काठमाठौ । वर्तमान सत्ता गठबन्धन लगभग टुट्ने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएर एमाले प्रवेश गर्ने भएको हो । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति चुनाव अघि भएको भए पनि अहिले सो पदमा माओवादीले दाबी गरेपछि यी दुई पार्टीबीच खटपट सुरु भएको थियो ।

यो खटपट अब मन्त्रिमण्डल नै परिवर्तनसम्म पुगेको बताइएको छ । अहिले एमाले माओवादी अध्यक्ष प्रचण्डसँग नजिकिएको छ । जसका कारण अब माओवादीको नेतृत्वको सरकारबाट कांग्रेस निस्किने भएको छ ।

आज साँझ बालुवाटारमा एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछाने पुगेर प्रधानमन्त्री प्रचण्डसँग सत्ताको बाँडफाँडकै बारेमा कुराकानी गरेको समाचार स्रोतले जनायो ।
समाचार स्रोतका अनुसार साँझको बैठकमा एमाले, रास्वपा र उपेन्द्र यादवको पार्टी जसपा सरकारमा जाने विषय समेत छलफल भएको छ ।

यो गृहकार्य निकै अघि बढेपछि परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण नै स्थगित भएको पनि बुझिएको छ । आज साँझ परराष्ट्र मन्त्रालयले दुई लाइनको विज्ञप्ति निकालेर भ्रमण स्थगित भएको जनाएको थियो ।

त्यसैगरी साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर सत्ताबाट हट्नुपर्ने पनि हुनसक्ने संकेत गरेका थिए । उता एमालेले पनि यो संकेत गरेको छ ।

अध्यक्ष ओलीले सो सत्ता गठबन्धन जसरी पनि टुट्नुपर्ने बताएका छन् भने जनकपुर पुगेर उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले भत्किने बताएका थिए