७ पुष २०८२, सोमबार
,
Latest
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछाने



फाइल तस्वीर
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने बालुवाटार पुगेका छन् ।

सत्तारुढ दलबीच खटपट भएका समाचार र नेताहरुका भनाई सार्वजनिक भइरहेको अवस्थामा तीनै नेताबीच भेटघाट बाक्लिएको छ ।

आइतबार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका ओली आज साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर पुगेका हुन् । त्यस्तै माओवादीबाट वर्षमान पुन सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

खासगरी राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तिक्तता बढेको छ ।

यसबीचमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट बाक्लिएको छ । कतिपयले आजकै बैठकबाट गठबन्धनमा नयाँ तरंग आउने अनुमान गरेका छन् । सत्य निरूपण तथा मिलमिलाप विधेयक टुङ्ग्याउनुपर्ने दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले एमालेको साथ लिन कुनै राजनीतिक साैदावाजी गर्न लागेको अनुमान पनि गरिएको छ ।

यसैबीच, नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि पार्टी सभापति शेरबहादुर देउवा निवासमा भेला भएका छन् । परराष्ट् मन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण पनि रद्द भएको छ ।