१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछाने



फाइल तस्वीर
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने बालुवाटार पुगेका छन् ।

सत्तारुढ दलबीच खटपट भएका समाचार र नेताहरुका भनाई सार्वजनिक भइरहेको अवस्थामा तीनै नेताबीच भेटघाट बाक्लिएको छ ।

आइतबार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका ओली आज साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर पुगेका हुन् । त्यस्तै माओवादीबाट वर्षमान पुन सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

खासगरी राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तिक्तता बढेको छ ।

यसबीचमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट बाक्लिएको छ । कतिपयले आजकै बैठकबाट गठबन्धनमा नयाँ तरंग आउने अनुमान गरेका छन् । सत्य निरूपण तथा मिलमिलाप विधेयक टुङ्ग्याउनुपर्ने दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले एमालेको साथ लिन कुनै राजनीतिक साैदावाजी गर्न लागेको अनुमान पनि गरिएको छ ।

यसैबीच, नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि पार्टी सभापति शेरबहादुर देउवा निवासमा भेला भएका छन् । परराष्ट् मन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण पनि रद्द भएको छ ।