२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

‘चुनाव हुँदैन कि भन्ने आंशका नपालौँ, गठबन्धनलाई साथमै लिएर कांग्रेस चुनावमा जाँदैछ’

‘चुनाव हुँदैन कि भन्ने आंशका नपालौँ, गठबन्धनलाई साथमै लिएर कांग्रेस चुनावमा जाँदैछ’
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न पनि आग्रह गरेका छन् । 

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,“नेपाली कांग्रेसमात्रै होईन, संसद्भित्र रहेका संसद्वादी सबै राजनीतिक दलहरु आवद्यिक निर्वाचनमा विश्वास गर्नुहुन्छ । संविधानलाई जोगाउनको निम्ति र बर्करार राख्नको लागि आवद्यिक निर्वाचन संसद्को निम्ति मुटु नै हो भनेपनि हुन्छ । 

हामीले विगतमा लामो समय निर्वाचन नभएको तितो अनुभव गरेका छौं । आवद्यिक निर्वाचन र बहुवादमा विश्वास गर्ने, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु नै संसद्मा भएकोले यसमा तलमाथि हुने कुरा रहेन । खाली प्रक्रियामा प्रवेश गर्दा हामीले ०७४ सालमा चरण–चरणमा निर्वाचन सम्पन्न गर्यौं । त्यसका तिथिमितिको बारेमा छलफल भएको हो । सरकारले सहमतिकै आधारमा जेठमा निर्वाचन प्रक्रिया सुरु गर्नेगरि काम गर्छ ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनसम्बन्धी अब कुनैपनि किसिमको शंका तथा आशंका नगर्न स्पष्ट पारेका छन् । उनले भने–“अब निर्वाचनसम्बन्धी आशंका गरिरहनुपर्दैन् । र, गर्नुहुँदैन् । यहाँ नेपाली कांग्रेसभित्रको आन्तरिक विषयमा पनि कुरा उठ्यो , कांग्रेसले सबै अंग र साथीहरुलई मिलाएर नै अघि बढ्छ । हाम्रो पार्टीमा विवाद, मतभेद र छलफल हुन्छ । अरु पार्टीको भन्दा बढि नै छलफल हुन्छ । पार्टीले निर्णय गरेपछि त्यही नै अन्तिम धारणा हो । यसलाई नै पार्टी फुटिहाल्ला कि विद्रोह होला कि भन्ने आशंका नगरौं ।”

नेता खड्काले निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने सम्भावना आफूले देखेको सुनाए । उनले पार्टीका नेताहरुको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ आफ्नो मत रहेको उल्लेख गरे । उनले भने,“यसबारेमा हाम्रो नेताहरुको बीचमा पनि आफ्नै मत र अभिमत छ । होईन, अब पाँच दलीय गठबन्धन निर्वाचनमा सँगै जानुहुन्न, कांग्रेसले एकलै निर्वाचनमा भाग लिनुपर्छ भन्ने पनि मत छ। अर्कोतर्फ, अहिलेको गठबन्धनलाई सँगै साथमा पनि लिएर निर्वाचनमा जानुपर्छ भन्ने पनि अभिमत छ । अहिले कांग्रेस गठबन्धनलाई सँगै साथमा लिएर हिँड्ने मनस्थितिमा छ । तर, यो नै अन्तिम कुरा होईन । केन्द्रयि कमिटीले निर्णय गरेपछि हमाी एकमतले हिँड्छौं । अहिलेसम्मको सोच र छलफल यसमै केन्द्रित छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई सँगै नै निर्वाचनमा लएर जाने सोच बनाएको छ ।”

उनले निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने धारणा राखे । उनले भने,“निर्वाचनबारे सहमति भएको छ, यस्तो अवस्थामा अहिले चल्न थाल्नुहुन्न, धेरै कुरा मिलाउनुपर्ने । संविधान र ऐनको बीचमा धेरै मिलाउनुपर्नेछ । निर्वाचित भएर आएपछि बरु के के संशोधन गर्ने हो ? प्रयोगबाट प्राप्त कुराबाट साभाmा धारणा बनाएर अघि बढ्नुपर्छ । ईलेक्शनपछि समिति बनाएर हामी यो काम गर्छौं । यसबारेमा सहमति हुन्छ ।”

उनले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने पनि सुनाए । उनले पार्टीमा कुनै विद्रोह नहुने पनि विश्वास दिलाए । उनले भने,“कुनै पनि घट्ना हुनेतर्फ कांग्रेस उन्मुख छैन् । संसद् खुलाउनको लागि पहल भैरहेको छ । यसको लागि प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर भूमिका खेल्नुपर्छ । अब निर्वाचनमा जनुछ, धेरै बाँकी रहेका मुद्दा समाधान गर्नुछ । जनताका धेरै विषय छन् । तिनको पनि निराकरण संसद्बाट नै गर्नुपर्छ । यसको लागि एमालेले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । १४ जना सांसद्को कारबाहीबारे एमालेको गुनासो छ । हामी बहुवाद, बहुदलीय व्यवस्थामा विश्वास गर्ने भएको कारण बहुदलको अवधारणालाई विश्वास गरेर एमालेले उहाँहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ । उहाँहरुले पार्टी निर्माण गरिसक्नुभएको छ। जनताको निकास दिने थलो नै संसद् हो । २६ गते एमालेका सांसदहरु उपस्थित् भएर जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ ।”

नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे । उनले भने,“लामो समय देउवाले सरकार चलाउन पाउने अवसर पाउनुभएन । कहिले द्धन्द्ध समाधान गर्ने कुरा, कहिले निर्वाचन गराउने काम उहाँको सरकारको पालामा भएका छन्, ठूला ठूला कल्पना गरेजस्तो आज रेल, भोलि पानीजहाज, घरघरमा पाईप पुर्याउने कुरा गर्नुभएन । तर उहाँले प्रक्रियागत काम गर्नुभएको छ । खुल्ला अर्थतन्त्रको कुरा, उदारीकरणको कुरा कांग्रेसकै पालामा भएको हो । टेलिकम, हवाई, यातायात, शिक्षा, सञ्चार सबै क्षेत्रमा कांग्रेस नेतृत्वमा हुँदै काम भएको छ। विकास निर्माणको अपेक्षा राख्नुभएको हो भने र गतिशिलता खोजेको हो भने त्यो अहिले भएको छैन् । तर, अहिले सरकार शून्यतामा छैन् । प्रक्रियागत काम भैरहेका छन् ।”