• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।

बिहीवारबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा शुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताउनु भयो । उहाँले संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको पनि बताउनु भयो । उहाँले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गर्नुभयो । उहाँले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन । यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ । संविधानमा त्यस्तो कुनै व्यवस्था छैन । कानूनमा व्यवस्था छैन, केही व्यवस्था छैन । के सपना देख्छ को मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो की, त्यस्तै लाग्छ । तर नेकपा एमाले त्यस्ता भित्र पर्ने होइन, एउटा जिम्मेवारी र इतिहास बोकेको, देश बनाउने भिजन बोकेको संस्था हो र नेपाली जनाताले सर्वाधिक मन पराएको संस्था पनि हो ।’

अध्यक्ष ओलीले कोभिड १९ का कारण देशको अर्थतन्त्र अधोगतिमा नझरेको बताउनु भयो ।