२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

सरकारले किन सुन्दैन जनताले सडकबाट उठाएका आवाज ?

सरकारले किन सुन्दैन जनताले सडकबाट उठाएका आवाज ?
अ अ+ अ-

काठमाडौं । देशभर अहिले आन्दोलन तातिएको छ । यो आन्दोलन कुनै राजनीतिक दलको वा राजनीतिक उद्देश्य प्राप्तिका लागि होइन । खाली जनताले आफ्नो न्यायको माग गर्दै सुरु गरेको आन्दोलन हो ।

मिटरब्याजपीडित नागरिक पूर्व र पश्चिमदेखि २३ दिन लगाएर काठमाडौं आएर सरकारविरुद्ध नाराबाजी र प्रदर्शन गर्न न्याय खोजिरहेका छन् । मिटरब्याजी साहूले झुठा वितरण टिपेर आफूहरुको सम्पत्ति हडपेको र ऋण चुक्दा गरिसक्दा पनि दोहोरो भुक्तानी मागेको भन्दै उनीहरु न्याय खोज्न आएका हुन् । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले आयोग मात्र बनाएन, कानुन नै संशोधन गरेको भए पनि समस्या उस्तै छ । कानुन कार्यान्वयन गर्ने निकायहरु कमजोर भएका हुन् या कानुनमै त्रुटि छ भनेर अहिलेसम्म सरकारले चासो दिएको छैन ।

राजधानीमा आएर सडक आन्दोलन गरिरहँदा पनि परिणाममुखी वार्ता हुन सकेको छैन । गृह मन्त्रालयमा हुने गरेको वार्तामा कुनै सहमति भएको छैन । सरकारी अधिकारीहरु दोषजति सबै पीडितलाई लिएर पन्छिने गरेका छन् । प्रधानमन्त्री स्वयम्ले मिटरब्याजसम्बन्धी समस्या समाधानको दायित्व अब अदालतको भन्दै पन्छाइदिन खोजिरहेका छन् ।

मिटरब्याजपीडित मात्र होइन, लघुवित्तपीडित पनि राजधानी केन्द्रीत आन्दोलनमै छन् । कहिले राष्ट्र बैंक अगाडि त कहिले संसद् भवनभित्रै छिरेर प्रदर्शन गरिरहेका उनीहरुलाई सरकारले वास्ता गरेको छैन । बरु संसद्भित्र छिरेर आन्दोलन गरेको भन्दै मुद्दा चलाउने प्रयासमा लागेको सरकारले चौतर्फी आलोचनापछि त्यो निर्णयबाट फिर्ता भएको छ । तर उनीहरुका माग के हुन् र कसरी समाधान गर्न सकिन्छ भनेर अहिलेसम्म छलफलसम्म गरेको छैन ।

देशभरका सहकारी पीडित अहिले संघीय राजधानीमै भेला भएर सहकारी विभागमा धर्ना दिँदै छन् । सहकारीमा राखेको बचत फिर्ता दिलाइदिन माग गरेर उनीहरु आन्दोलित भएका हुन् । सहकारीका समस्या समाधान गर्न यसअघि धेरै पटक सरकारले प्रयास गरेपछि समस्या ज्यूँका त्यूँ छ । राजनीतिक आड र भरोसाका कारण सहकारीका सञ्चालकले बचत फिर्ता दिएका छैनन् । सरकारले उनीहरुको जायजेथाबाट बचत फिर्ता गरिदिन सकेको छैन । पीडित भने सरकारसँग न्यायको भिख मागिरहेका छन् ।

देशभरका दुग्ध उत्पादक किसान भुक्तानी नपाएको भन्दै आन्दोलित छन् । किसानले उत्पादन गरेको दूध खरिद गरेका दुग्ध विकास संस्थान र निजी डेरीले रकम दिएका छैनन् । देशभर ६ अर्ब भन्दा धेरै रकम उठाउनुपर्ने किसानको माग छ । तर खरिद गरेको दूधबाट बनाइएका परिकार बिक्री नभएको बहाना बनाएर कसैले पनि किसानको रकम भुक्तानी दिएका छैनन् । किसानलाई तत्काल भुक्तानी दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशक कार्यान्वयन भएको छैन । दुग्ध विकास संस्थानले त सरकारले नै ऋण खोजिदिए भुक्तानी गर्ने बताउन थालेको छ । नेपालमा मौज्दात रहेको दुग्धजन्य वस्तुको बाहिरी बजार खोजिदिन सरकारले कुनै पहलसम्म गरेको छैन । किसान आन्दोलनमा उत्रिएर अहिले राजमार्ग केन्द्रीत प्रदर्शन गरिरहेका छन् । सरकारले पीडा नसुनिदिने हो भने जुनसुकै दिन देशभरका किसान आफूले पालेको पशुसहित संघीय राजधानी नआउलान भन्न सकिँदैन ।

त्यसो त काठमाडौंका फुटपाथ व्यवसायी पनि अहिले आन्दोलित छन् । काठमाडौं महानगरले ज्यादती गरेको र फुटपाथ पसलका लागि ठाउँ व्यवस्थापन नगरिदिएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । उद्योगी व्यवसायी सरकारसँग सन्तुष्ट छैनन्,लगानीको वातवरण कमजोर छ । सरकारले भएको रकम नै खर्च गर्न सकेको छैन । जनताको थाप्लोमा देशको ऋण थपिएको थपियै छ । यो अवस्थामा सरकारले सधैं आँखा चिम्लिएर बस्ने कि समस्या पहिचान गरेर समाधानका लागि अग्रसरता देखाउने ?