• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन ★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी



काठमाडौं । गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भटिएको उनले बताए । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘लास झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वभाविक र अपत्यारिलो देखिन्थ्यो ।’ घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौंभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाई हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृत्तकका बाबु दिपेन्द्रले बताए ।

आफू काठमाडौंमा भएको बेला उक्त घट्ना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआईकन कुनैपनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आईपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनशायले विभिन्न क्रियाकलाप भइसकेको उनको दाबी छ । आफू त्यहाँ पुग्नुभन्दा पहिलेनै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाई गरिएको उनको भनाइ छ । साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए । ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ ।

सो घट्नामा आफ्ना भाइ हरिलाई प्रहरीले निर्घात कुटपिट गरेको र बढी बोलेमा गोली हानी मारिदिन्छौं भनेर प्रहरीले नै धम्की दिएको उनले बताए । उक्त घटनामा आफूहले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवककोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उनले बताए । मृत्तकका बाबु दिपेन्द्रले आफ्नी छोरीलाई यिनै तीन जनाले बलात्कार गरी हत्या गरेको दाबी गरे ।

साथै, विभिन्न दबावकाबीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । मृत्तक शालिनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बहानमा ल्याएको र पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको उनले बताए । त्यहाँको प्रहरी प्रशासनले निश्पक्ष छानविन गरेर आफूलाई न्याय दिन्छ भन्ने कतिपनि विश्वास नरहेको बताउँदै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मार्फत उक्त घटनाको छानविनको माग गरे । मृतक शालिनका साथीहरुलाई समेत अहिले सम्पर्कमा आउन दिएको उनको भनाइ छ ।

मृत्तक शालिनकी आमा सगुनले आफूहरुलाई घट्नाबारे ढिलो खबर गरेको बताईन् । भरतपुरदेखि प्रहरी पुग्दासमेत आफूहरुलाई र उक्त विद्यालयनजिकै बस्ने गरेकी मृत्तक शालिनकी हजुरआमालाई समेत जानकारी नगराइएको उनको भनाइ छ । उनले आफूहरुलाई शंका लागेका ब्यक्तिहरुको नाम उल्लेख गरेर किटानी जाहेरी दिन पाउनुपर्ने उनले बताईन् ।

आफूजस्ता आमाहरुले भोलिका दिनमा छोरीहरु यसैगरी गुमाउन नपरोस् भनेर आफू न्यायको लागि लागिपरेको बताईन् । आफ्नी छोरीलाई दोस्रो निर्मला पन्त नबनाइदिन उनले सबैलाई आग्रह गरिन् ।