• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

बागमतीमा बजेट विवाद मिलाउन संसदीय विशेष समिति गठन गर्न दलहरूबिच सहमति



हेटौडा । बागमती प्रदेशमा सरकार र प्रतिपक्षी दलबीच देखिएको बजेटसम्बन्धी विवाद समाधानका लागि विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् ।

बिहीबार दलहरूबिच भएको छलफलमा सबै दलहरूको प्रतिनिधित्व हुने समिति गठन गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्साल संयोजकत्वमा बन्न लागेको समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २-२ जना रहनेछन् । नेमकिपाले भने समितिमा बस्न अस्वीकार गरेको छ ।

समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलले जानकारी दिए । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने उनले बताए ।

दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठकले समितिका सदस्यहरू चयन गर्ने छ ।