११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रास्वपा बुटवल नगर समितिद्धारा नगरका बेथिति विरुद्ध दवाव यात्रा सम्पन्न

रास्वपा बुटवल नगर समितिद्धारा नगरका बेथिति विरुद्ध दवाव यात्रा सम्पन्न
अ अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिका भित्र व्याप्त विविध समस्या, ढिलासुस्ती एवं झन्झटिला सेवा सुविधा विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल नगर समितिले बुधवार दवाव अभियान सम्पन्न गरेको छ। उपमहानगरपालिका भित्रका तमाम वेथिती सम्वोधनमा उपमहानगरपालिका प्रशासन गैरजीम्मेवार रहदै आएको गुनासो बढ्दै गएको छ।

बुधवारको दवाव यात्रा योगिकुटी चोकवाट शुरु भई बुटवलका विभिन्न स्थानहरु हुदैं ट्राफिक चोकमा पुगेर समापन भएको थियो। यस अघि दवाव यात्रा बुटवल उपमहानगरपालिकामा पुगी नगर प्रमुख खेलराज पाण्डेलाई विविध चासो एवं मागहरु समेटिएको ज्ञापन पत्र बुझाईएको थियो।

रास्वपा बुटवल नगर समितिका सभापति राजन पाण्डे सहितको नगर तथा वडाका पार्टी प्रतिनिधीहरुले विविध मागहरु राखि तयार पारेको ज्ञापन पत्रमा नगर भित्रका प्रत्येक सडक खण्डमा बत्ति तथा ट्राफिक चिन्ह तत्काल जडान गर्नु पर्ने, सडकका खाल्डा खुल्डी सम्माई सडक स्तरोन्नति गर्नैु पर्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, सामुदाायिक विद्यालयहरुका समस्याहरुको सम्वोधन, छाडा चौपायाको उचित व्यवस्थापन, नगरभित्रका सरकारी अस्पतालहरुको चुस्त सेवा प्रवाह लगाएतका विषयहरु समेटिएका छन्।

मुख्य गरी बुटवलमा बढ्दो सडक दुर्घटना गम्भिर विषय बन्दै आए पनि नगर प्रशासनले अनदेखा गर्दै आएको जन गुनासो बढ्दै गएको छ। ज्ञापन पत्र ग्रहण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेले रास्वपा नगर समितिले उठान गरेका मुद्यालाई गम्भिरताका साथ लिदैं समाधानमा तदारुपकता दिने बताए। पाण्डे नगर प्रमुख भएर आएपछि पनि नगरमा तर्दथवाद, ढिलासुस्ती र सेवा प्रवाहमा लावरवाही कायमै रहेको भन्दै उनको आलोचना बढ्न थालेको छ।

रास्वपा बुटवल नगर सभापति राजन पाण्डेले आफुहरुले उठान गरेका नागरिकका मुद्याहरुलाई सम्वोधन गर्न ढिलाई गरिए थप दवावमुलुक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए। यसै गरी लुम्बिनी प्रदेश सदस्य एवं रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले रास्वपा सदा नागरिकको हक, हित र समृद्धिकालागि नजिक रहेर काम गर्ने जीम्मेवार दल भएकोले जिल्लाभरका प्रशासनिक लगाएतका बेथिती, अनियमितता र ढिलासुस्ती विरुद्ध विभिन्न दवावमुलुक कार्यक्रमहरु सञ्चालन गरिने न्यूजपोलरसँगको कुराकानीमा बताए।

यसै गरी रास्वपाका केन्द्रीय सदस्य कुसुम महर्जन र लुम्बिनी प्रदेश सदस्य एवं अभियान तथा प्रचार प्रसार विभाग प्रमुख महेन्द्र उपाध्यायले कार्यक्रम समापनलाई सम्वोधन गर्दै रास्वपाले कुशासनका विरुद्ध र सुशासनका पक्षमा थप मुखरित भएर अभियानहरु सञ्चालन गर्ने जानकारी दिए।

करिव दुई सय जनाको सहभागिता रहेको दवाव यात्रामा रास्वपाका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका एवं वडाका सदस्यहरु एवं स्वतन्त्र नागरिकहरुको उपस्थिती रहेको थियो।