• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद्को बैठक बस्दै ★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो ★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी ★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ



काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो । अभियुक्तलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ । यहाँस्थित सडकमा प्र–३–०१–०२२ च ५१९५ नंको कार र बा३ख ४८१० नंको बसमा बा३४प ५६५७ नंको मोटरसाइकल ठक्कर खाई भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

आज दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार र बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस