१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टको असन्तुष्टि,राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णय



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट जनाउनु भएको छ ।

मंगलबार बसेको माओबादी को स्थायी समितिको बैठकले भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हटाउने निर्णय गरेको थियो भने यसअ अघि संसदीय दलको नेताबाट हटाउने निर्णयलाई समेत अनुमोदन गरेको थियो । भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति रहेको प्रचण्डलाई चार बुँदे पत्र लेख्नु भएको छ ।

पत्रमा भनिएको छ -स्थायी समिति बैठकवाट जुन निर्णय पारित भयो यसले सुदूरपश्चिमको पार्टीभित्र देखा परेको अराजकतालाई निरूत्साहित गर्छ वा प्रोत्साहन? यो निर्णयले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ?

भट्टले स्थायी समितिको निर्णयले राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रूपमा बुझेको पनि जनाउनु भएको छ ।