• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

सेन्चुरी बैंक कर्जा प्रवाह अनियमितता प्रकरण: को को पक्राउ परे ?



काठमाडौं । सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका दुई जना तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूसहित १० जनालाई पक्राउ गरेको छ ।

सिआइबीले सेन्चुरीका तत्कालीन सिइओहरू मनोज न्यौपाने र तुलसीराम गौतमसहित सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ लाई मंगलबार बिहान पक्राउ गरेका छ ।

नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि सिआइबीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। न्यौपाने र गौतम हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले तत्कालीन सेन्चुरी बैंकबाट गरेको कारोबारका बिषयमा ब्युरोले अनुसन्धान गरिरहेको थियो ।सोही अनुसन्धानका क्रममा उनिहरु जोडिएका हुन् । सेञ्चुरीको कर्जा हिनामिना सम्बन्धमा सीआईबी र राष्ट्र बैंकले अध्ययन गरिरहेका छन् ।