२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. भक्तराज आचार्यको नाममा सरकारले केही काम गर्छ: पर्यटनमन्त्री



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताउनु भयो । उहाँले उहाँका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताउनु भयो । उहाँले बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले कहिल्यै पनि बिर्सिने छैनौँ । उहाँले सधैँ जीवनका गीत गाएर बाँच्नेहरुको निम्ति आदर्श व्यक्तित्व हुनुहुन्छ । उहाँको दु:खद् निधन अन्त्येष्टिको यो दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । हामी बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी छ । उहाँको नाममा नेपाल सरकारले केही गर्नेछ । केही काम गर्ने प्रतिवद्धता गर्दछु ।’

उहाँले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनु भयो ।