२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. भक्तराज आचार्यको नाममा सरकारले केही काम गर्छ: पर्यटनमन्त्री



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताउनु भयो । उहाँले उहाँका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताउनु भयो । उहाँले बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले कहिल्यै पनि बिर्सिने छैनौँ । उहाँले सधैँ जीवनका गीत गाएर बाँच्नेहरुको निम्ति आदर्श व्यक्तित्व हुनुहुन्छ । उहाँको दु:खद् निधन अन्त्येष्टिको यो दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । हामी बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी छ । उहाँको नाममा नेपाल सरकारले केही गर्नेछ । केही काम गर्ने प्रतिवद्धता गर्दछु ।’

उहाँले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनु भयो ।