• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

भक्तराज आचार्यको निधनपछि कलाकारः ‘संगीत विश्वविद्यालयको देहावसान भयो’



काठमाडौँ । वरिष्ठ गायक एवं संगीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएकी कलाकार नीर शाहले स्व. आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा मक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताउनु भयो । उहाँले संगीतकारमा हुनुपर्ने सबै गुणहरु भएको व्यक्तिका रुपमा चित्रण गर्नुभयो ।

उहाँले संगीतको विकासका लागि सचेत मानिसको श्रेणी भन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति स्व. आचार्य रहेको बताउनु भयो । कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडेपनि उहाँका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताउनु भयो । संगीत विश्वविद्यालयको देहावसान भएको बताउनु भयो ।

आचार्यको सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिनुभएको हो । नेपाली सुगम सङ्गीतमा उहाँको विशिष्ट स्थान छ ।