४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपाल, पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटमा गुल्शन झालाई गुमाएको हो । टीमको जिम्मेवारी लिएर मैदानमा आएका उनी एक छक्का र एक चौका हानेर आउट भए ।

यसअघि नेपालले नवौँ ओभरको पाँचौ बलमा कुशल मल्ललाई गुमाएको थियो। उनले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाएर आउट भए ।

यस्तै, कप्तान पौडेल सातौ ओभरको तेस्रो बलमा छक्का हान्ने धुनमा क्याच आउट भए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाए । कुशल भुर्तेल पहिलो बलमै एल्बिडब्ल्यू आउट भएका थिए भने आसिफ शेख ६ रन बनाउदा पेभेलियन फर्केका थिए ।

२०७ रनको विशाल लक्ष्य पाएको नेपालले ताजा स्थितीमा १२ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ ।