११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

काठमाडौँ उपत्यका उपप्रमुख सञ्जालको ७ औँ बैठक सम्पन्न

काठमाडौँ उपत्यका उपप्रमुख सञ्जालको ७ औँ बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अघि बढेको स्थानीय सरकार सञ्चालन ऐनको संशोधनको मस्यौदामाथि ध्यानाकर्षण भएको बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, संशोधनले स्थानीय सरकारको संरचना र अवस्थामा प्रभाव पार्ने भएकोले उपत्यकाका पालिकाहरुका प्रमुख र उपप्रमुखले एउटै धारणा बनाएर सुझाव दिनुपर्ने बताउनुभएको छ ।

आज चन्द्रागिरी नगरपालिकाले आयोजना गरेका काठमाडौँ उपत्यका उपप्रमुख सञ्जालको ७ औँ बैठकमा उहाँले यस्तो धारणा राख्नभुएको हो । उहाँले उपत्यका मेयर्स फोरमका महासचिव एवं चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग ऐनको संशोधनका विषयमा कुरा गर्दै उपत्यका मेयर्स फोरमको बैठकमा सबै प्रमुख र उपप्रमुख बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।

त्यस क्रममा बोल्दै फोरमका महासचिव गिरीले भन्नुभयो, ‘फोरमको सचिवालय बैठकमा छलफल गरेर यसलाई प्रस्तावका रुपमा अगाडि साछौँ । फागुन १८ गते फोरमको बैठक बस्ने योजना छ । त्यस बैठकमा सबै प्रमुख र उपप्रमुख भेला भएर छलफल गरौँ ।’

संशोधनका बुँदामा उपप्रमुखहरुको समान धारणा बनाउन काठमाडौँ महानगरपालिकाले उपप्रमुख प्रमुख सञ्जालको बैठकको आयोजना गर्ने भएको छ ।बैठकमा उपप्रमुख डंगोलले, उपत्यकाका पालिकाहरुमा समान दर बनाउन सकिने कर तथा राजस्वका क्षेत्रको अध्ययन गर्न प्रस्ताव गर्नुभयो । कतिपय शीर्षकको दर एउटै बनाउन सकिने सम्भवना रहेको उहाँको भनाइ थियो ।

सञ्जालको छैटौँ बैठक ललितपुरको महाङ्काल गाउँपालिकाले आयोजना गरेको थियो । गाउँपालिकाकी उपप्रमुख डोल्मामाया गोलेले बैठकको निर्णय पुस्तिका चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठलाई प्रदान गर्दै बैठकको अध्यक्षता हस्तान्तरण गर्नुभएको थियो ।

हरेक महिना एक एकवटा पालिकाले बैठकको अध्यक्षता गर्ने र यो अर्कोमा सर्दै जाने सञ्जालले अभ्यास गरिरहेको छ । अबको बैठक मध्यपुर थिमी नगरपालिकाले आयोजना गर्नेछ ।

हरेक बैठकमा उपप्रमुखको जिम्मेवारीमा पर्ने विषयमा विषयविज्ञको प्रस्तुति राखेर त्यसमा छलफल गर्ने क्रममा यसपटक स्थानीय तहको राजस्व व्यवस्थापन र स्थानीय करका विषयमा नेपाल सरकारका पूर्व सचिव गोपीकृष्ण खनालले प्रस्तुतिकरण गर्नुभयो ।

‘सरकारले समाजमा शान्ति सुरक्षा, अमनचैन बनाउन, बाटोघाटो, पुलपुलेँसा, पुल, खानेपानी तथा ढल निकास जस्ता विकासका काम गर्न, अशक्तहरुको कल्याण र पहुँचयुक्त सहरका लागि काम गर्नु पर्छ । यसका लागि स्रोत चाहिन्छ । यो स्रोत भनेको कर, राजस्व तथा दस्तुरबाट प्राप्त हुने हो ।’ खनालले भन्नुभयो, ‘कर अनिवार्य दायित्व हो । तर यसो भन्दैमा जति पनि कर लगाउनु हुँदैन । कर लगाउँदा फूलबाट मौरीले रस लिएजस्तो हुनुपर्छ । रस निकालेका कारण फूल फक्रिन्छ र मौरीको घारमा मह जम्मा हुन्छ ।’

प्रस्तुतिमा विज्ञले र छलफलका क्रममा उपप्रमुखहरुले, कर लगाउँदा जीडीपीको १२ प्रतिशतभन्दा कम र २० प्रतिशतभन्दा धेरै कर लगाउनु नहुने, करको दरमाभन्दा दायरामा ध्यान दिनुपर्ने, कर बढाउनु पर्दा त्यसले उत्पादन, रोजगारी र लगानीमा दिने लाभ विश्लेषण गर्नु पर्ने विषयमा जोड दिनुभएको थियो । लाभको सिद्धान्तमा आधारित भएर तिर्न सक्ने दर लगाउँदा धेरै करदाताहरु कर तिर्न इच्छुक हुने उहाँहरुको भनाइ थियो ।
सेवा शुल्कबाट धेरै कर लिने नगरपालिकाको कर प्रणाली राम्रो भएको बताउँदै बैठकमा पालिकाहरुले कर सुधार कार्ययोजना बनाउनु पर्नेमा जोड दिइएको थियो ।