२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपतिले ‘जहाँ छन बुद्धका ऑखा’ ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’ जस्ता कालजयी गीतका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।