२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर  भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । “कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले उहाँले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिदै भन्नुभयो ।

गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो । रासस