• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो



लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे आज स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ ।
आयोजनाको जानकारी लिँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष पौडेलले गुणस्तरियतासँगै समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाँले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न तथा गुणस्तरीय काममा जोड दिन आग्रह गर्नुभयो ।
प्रादेशिक अस्पतालमा रु ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको भवन निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सो आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपाध्यक्ष पौडेलले रुपन्देहीमा ठूलो लगानीमा संरचना निर्माण हुन लागेको उल्लेख गर्दै प्रदेशले अगाडि बढाएको यो आयोजनालाई सङ्घीय सरकारबाट आवश्यकपर्ने सहयोगका लागि  पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो आयोजना प्रदेशवासीको सर्वाधिक सरोकारको आयोजना हो ।”
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जोखिमरहित तरिकाले अस्पतालको हालको स्वास्थ्य सेवामा कुनै पनि प्रभाव नहुने गरी पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको गरिएको उपाध्यक्ष पौडेललाई जानकारी दिनुभयो ।
अस्पतालमा बहिरङ्ग सेवामा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरीलगायत सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले जानकारी दिनुभयो ।
अस्पतालमा निर्माण हुनलागेका आयोजनाको जानकारी लिएपछि उपाध्यक्ष पौडेलले आजै अस्पतालका चिकित्सकसँग अस्पतालमा गुणस्तरिय स्वास्थ्य सेवा बिस्तारका बारेमा बारेमा छलफल गर्नुभएको थियो । त्यस अवसरमा अस्पतालका बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा विष्णु शर्माले लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका रुपमा लैजान ढिलाई गर्न नहुने सुझाव दिनुभयो ।
यस्तै अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले प्रादेशिक अस्पतालमा निर्माण हुने पूर्वाधार आयोजनाको जनस्तरबाट विज्ञसहितको सुझाव तथा अनुगमन समिति बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भवन निर्माण गर्दा आवश्यक संरचना व्यवस्थापनमा पटक पटक तोडफोड गरेर व्यवस्थापन गर्न नपर्ने गरी पहिले नै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणमापत नयाँ भवनको निर्माण अगाडि बढेको हो । अस्पतालको ६ बिघा १२ कट्ठा जग्गामा भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सो आयोजनाका प्रमुख इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो । हालको तीन सय ९समितिबाट थप भएकोसमेत गरी पाँच सय० शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार दुई सय शय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गरिएको उहाँको भनाइ छ ।
विसं २०८५ साल पुसमा निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्ने गरी गत पुस २६ गते उक्त सम्झौता भएको हो । रासस