१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष शुभारम्भ



अ+ अ-

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ गर्नुभएको छ । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु २५ लाखको अक्षयकोषको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले शुभारम्भ गर्नुभयो । 

सो अवसरमा मन्त्री त्रिपाठीले तीव्र विकास र व्यस्त जीवनशैलीले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यो समस्या सामाजिक समस्याकारुपमा विकास हुँदै गएकाले यसको निराकरणका लागि सरकारले पहल गर्ने उहाँको भनाइ थियो । मन्त्री त्रिपाठीले आमाबुबालाई हेला गर्ने प्रवृत्ति बढिरहेको बेला संस्थाले राम्रो प्रयास गरेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संस्थाले २०७२ सालदेखि नै ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गोपाल आचार्यले राससलाई जानकारी दिनुभयो । दैनिक ८० देखि १३० जनासम्म ज्येष्ठ नागरिक सो संस्थामा आएर एकापसमा भलाकुसारी गर्ने, दुःख–पीडा आदानप्रदान गर्ने, मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् । घरपरिवारको हेरचाह पाउन नसकेका ज्येष्ठ नागरिकलाई यसरी दैनिकरुपमा सेवा गर्दै खाजा खुवाउने गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । अक्षयकोष स्थापनापछि त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकको खाजा खर्च र कर्मचारीको तलब भुक्तान गरी यस कार्यक्रमलाई निरन्तरता दिन सकिने विश्वास गरिएको उहाँले बताउनुभयो । रासस