• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ

ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विस २०८० कात्तिक २२ काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार मोरङका ३५ वर्षीय क्रान्ति बराईली भन्ने निलम विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड))प्रहार गरी घाइते बनाएको घटनाका मुख्य योजनाकारसमेत रहेका विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले यसअघि उक्त घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

पक्राउ विश्वकर्माले बर्तौलालाई कुटपीट गर्नका लागि शेरबहादुर थारुलाई रु ५० हजार र टेकबहादुर प्रधानलाई रु दुई लाख दिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस