१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज



अ+ अ-

कोलम्बो । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलङ्काले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको आइतबार बताएको छ ।

“सरकारले भिसाको थप म्याद दिइरहेको छैन”, प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भन्नुभयो, “उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन ।”

आधिकारिक आँकडाअनुसार पछिल्लो दुई वर्षमा दुई लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलङ्काको भ्रमण गरेका थिए । कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन ।

यद्यपि हजारौँ रुसी र कम सङ्ख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलङ्कामा बसेको विश्वास गरिएको छ । श्रीलङ्का बसेका केहीले रेस्टुरेन्ट सुरु गरेका छन् भने केहीले रात्रिकालीन क्लबहरू स्थापना गरेका छन् ।

दक्षिणी तटीय सहर उनावटुनामा ‘श्वेत मानिस मात्र’ को पार्टी आयोजना गर्ने एक रुसी–सञ्चालित रात्रिकालीन क्लबविरुद्ध सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया आएपछि सरकारको उक्त निर्णय आएको हो ।

मुलुकलाई सन् २०२२ को मध्यदेखि आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट बाहिर निस्कन विदेशी मुद्राको सख्त आवश्यक भएपछि श्रीलङ्काले आगमनमा ३० दिने भिसा दिएर पर्यटनलाई प्रवर्द्धन गर्न खोज्यो ।

सन् २०२२ अप्रिलमा श्रीलङ्काले उसको ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेन र महिनौँसम्म सडकमा विरोध प्रदर्शनका कारण तीन महिनापछि तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले राजीनामा दिनुपर्यो ।

अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको सहायताले अर्थतन्त्रलाई स्थिर बनाउन र खाना, इन्धन र औषधिजस्ता आवश्यक सामानको कमीलाई अन्त्य गर्न सहयोग गरेको थियो ।