११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव
अ अ+ अ-

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिनु भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रवक्ता श्रेष्ठले बोलीमा लगाम लगाउन सुझाव दिनु भएको हो ।

श्रेष्ठले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

‘हेलो माननीय माधव सापकोटाजी, बोलीमा लगाम लगाउनुपर्यो । दुनियालाई थाहा भएको तर तपाईलाइ थाहा छैन कि क्या हो १ राप्रपा वर्तमान संविधानकाप्रति आलोचनात्मक दृष्टिकोण राख्छ, संविधानका आधारभूत विषयमाथि हाम्रो बिमती छ। जनसमर्थनका आधारमा शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्न सकिन्छ भनेर घोषित रुपमै प्रयासरत पनि छौं। जुन अधिकार संविधानले हामीलाई मात्र होइन सबैलाई प्रदान गरेको पनि छ। आवश्यकता अनुसार कुन रणनीति प्रयोग गर्ने हाम्रो आन्तरिक मामिला हो । सडक, संसद र सरकार हामी हाम्रो आवश्यकता अनुसार उपयोग गर्छौं। बोल्दा मर्यादा राख्नोस्,’

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै सांसद सापकोटाले भन्नुभएको थिया ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने रु संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाको सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले राप्रपाले संविधानका आधारभूत विषयमाथि विमती राखेको स्मरण गराउदै शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्ने अधिकार संविधानले सबैलाई प्रदान गरेको जनाउनु भएको छ ।