३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव



अ+ अ-

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिनु भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रवक्ता श्रेष्ठले बोलीमा लगाम लगाउन सुझाव दिनु भएको हो ।

श्रेष्ठले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

‘हेलो माननीय माधव सापकोटाजी, बोलीमा लगाम लगाउनुपर्यो । दुनियालाई थाहा भएको तर तपाईलाइ थाहा छैन कि क्या हो १ राप्रपा वर्तमान संविधानकाप्रति आलोचनात्मक दृष्टिकोण राख्छ, संविधानका आधारभूत विषयमाथि हाम्रो बिमती छ। जनसमर्थनका आधारमा शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्न सकिन्छ भनेर घोषित रुपमै प्रयासरत पनि छौं। जुन अधिकार संविधानले हामीलाई मात्र होइन सबैलाई प्रदान गरेको पनि छ। आवश्यकता अनुसार कुन रणनीति प्रयोग गर्ने हाम्रो आन्तरिक मामिला हो । सडक, संसद र सरकार हामी हाम्रो आवश्यकता अनुसार उपयोग गर्छौं। बोल्दा मर्यादा राख्नोस्,’

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै सांसद सापकोटाले भन्नुभएको थिया ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने रु संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाको सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले राप्रपाले संविधानका आधारभूत विषयमाथि विमती राखेको स्मरण गराउदै शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्ने अधिकार संविधानले सबैलाई प्रदान गरेको जनाउनु भएको छ ।