• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

माधव नेपालको आसय- ‘ज्वाला फिर्ता गर्नुपरे सरकारबाटै बाहिरिन पनि सक्छौं’



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बिहीबार बसेको सचिवालय बैठकमा अधिकांशको निसाना बने माधव नेपाल । पार्टी अध्यक्ष नेपाललाई धेरै सचिवालय सदस्यको प्रश्न थियो– बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई किन सरकारबाट फिर्ता नबोलाएको ? अहिले नेकपा एस पनि सरकारमा छ र सोही सरकारको मन्त्रिपरिषदले गत पुसमा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको जाँचबुझ आयोग गठन गरेको थियो ।

यसैहप्ता सो आयोगले प्रतिवेदन पनि दियो र सो प्रतिवेदनले मन्त्री प्रकाश ज्वालाकै गल्ती स्पष्ट रुपमा किटानीसाथ देखएको छ । त्यसैले दोषी देखिएका मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउनुपर्ने माग सर्वत्र भइरहेका बेला पार्टीको यो बैठकमा पनि माग अएको हो । बैठकमा सहभागि अधिकांस केन्द्रीय सदस्यहरुले उक्त प्रतिवेदनका कारण समग्र क्षेत्रमा पार्टीको बदनाम भइरहेकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउनु पर्ने अध्यक्ष नेपालसँग माग गरेका थिए ।

केन्द्रीय सदस्यहरुले मन्त्री ज्वालालाई फिर्ता बोलाउनु पर्ने भन्दै अध्यक्ष नेपाललाई दबाब दिएपछि अध्यक्ष नेपालले भने कुनै जवाफ दिएका थिएनन् । यो देख्दा लाग्थ्यो उनी प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने पक्षमा छैनन्, एक केन्द्रीय सदस्यले बताए । तर उनीमाथि प्रश्नको बर्षा रोकिएन ।

सचिवालय सदस्यहरुले यसरी नेपाललाई यसरी सुझाएका थिए– सचिवालय सदस्यहरुले नेकपा एस नयाँ बनेको पार्टी हो । अहिले नै नैतिकताको अभाव कहीँ कतैबाट पनि पार्टीमा देखिनुहुन्न । हामी नयाँ भएकाले पनि संगठन निर्माण गर्नुपर्ने अवस्था छ । जनताको मन जित्नुपर्नेछ । उता विपक्षी दल र विशेष गरी एमाले अध्यक्ष ओली हामीमाथि खनिएका छन् । जनताले पनि सडकबाट निर्दाेष युवाको ज्यान लिने मन्त्रीले राजीनामा दिनुपर्छ भनेर माग चर्काएका छन् । यस्तो अवस्थामा कुनै एकजना मन्त्रीका कारण पार्टीलाई नै बद्नामित गर्नु हुँदैन । प्रकाशजीलाई सरकारबाट फिर्ता बोलाउनुपर्यो । ती सदस्यले भने “मन्त्री ज्वालाकै कारण पार्टीको बदनाम भएको र ज्वालाई मन्त्रीबाट फिर्ता बोलाउने केन्द्रीय सदस्यहरुले माग गरेपछि अध्यक्ष माधव ज्यू केही बोल्नुभएन । तर धेरैपछि अर्थात् बैठकको अन्त्यतिर उहाँले भन्नुभयो, ल ठिक छ, कि प्रकाशजीलाई फिर्ता बोलाउँला नत्र हामी सरकारबाट नै बाहिरीन पनि सक्छौँ ।”

त्यसपछि भने बैठकमा सन्नाटा छायो । अध्यक्ष नेपालले सरकारबाट बाहिरीन्छौँ भनेपछि अहिले पार्टीमा उक्त विषयमा निकै चर्चा परिचर्चा सुरु भएको बताइएको छ । एकजना दोषी देखिएका मन्त्रीलाई फिर्ता बोलाउनुको सट्टा सरकारबाट नै बाहिरीन्छौँ भन्नु जायज हो वा के हो ? चर्चा यही विषयमा छ । केही सदस्यले छानविन आयोगले दोषी देखाएको व्यक्तिलाई पार्टीले फिर्ता बोलाउनुको सट्टा अध्यक्ष नेपालले सरकारबाटै बाहिरीन्छौँ भन्नु प्रकाश ज्वालालाई फिर्ता बोलाउन नचाहनु हो भनेका छन् ।

त्यस्तै अर्का सदस्यले भने– यो त उहाँले पार्टीका अरु सदस्यहरुलाई पनि धम्की दिनुभएको हो । सरकारबाट पार्टी नै फिर्ता हुने भएपछि कसैले केही नपाउने हुनाले अरु सदस्यमाथि पनि दबाब सिर्जना गर्न उहाँले त्यसो भन्नुभएको हुनसक्छ– ती सदस्यले भने । सो पार्टीमा मन्त्रीको लाइनमा रहेका व्यक्तिलाई तैँचुप मैचुप गराउन तथा प्रकाश ज्वालालाई फिर्ता नबोलाउने कामको दबाब सिर्जना गर्न उनले यो रणनीति बनाएको धेरैको बुझाई छ ।

यता प्रधानमन्त्री प्रचण्डले पनि माधव नेपाललाई दबाब दिएका छन् । प्रधानमन्त्रीले प्रकाशजीका कारण सरकार नै बदनाम भयो, मैले सबैको गाली खानुपरिरहेको छ । त्यसैले उहाँलाई फिर्ता लगेर अर्काे मन्त्री दिनुपर्यो । तर पनि माधव नेपालले भने टेरेका छैनन् । उनले प्रचण्डलाई पनि कुनै ठोस जवाफ नदिएको बालुवाटार स्रोतले जनाएको छ ।