१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तु पुगेर रविले भने- आवाज रोकियो, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनताको



अ+ अ-

काठमाडौं । रास्वपाका अध्यक्ष सभापति रवि लामिछानेले षड्यन्त्रले आफनो आबाज रोक्ने प्रयास भएको बताउनु भएको छ ।

कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभालाई सम्बोधन गर्दे सभापति लामिछानेले षडयन्त्रले आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने बताउनु भयो ।

उहाँले भनुभयो ‘यो आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा तपाईं जनतालाई दिन्छु। किनकि, एउटा मान्छेले गरेर केही पनि हुँदैन, धेरै मान्छे चाहिन्छ।’

उहाँले भन्नुुभयो ‘ मान्छेका रुपमा कैयौं कमजोरी भएका होलान्। तर, देशलाई घात गर्ने र जनतालाई ठग्ने एउटा पनि काम गरेको छैन्। मैले कसैलाई अन्याय गरेको रहेछु भने सोही व्यक्ति आओस्। शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैन, प्रयास नै नगरे हुन्छ।’

जनताले परिवर्तनको कसम खाने र चार वर्ष प्रतिवद्ध रहे मुलुक परिवर्तन हुने दाबी गर्दे उहाँले भन्नुभयो– ‘म शक्तिशाली जनता हुँ, दास होइन। नोकर होइन। म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छरु र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छरु सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

उहाँले भन्नुभयो ‘एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने। राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’