२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू

जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू
अ अ+ अ-

मकवानपुर। सरकारको स्वामित्वमा सञ्चालित  हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित  घ्यू  जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । 

आयोजनाका प्रमुख  नरेश जोशी अनुसार  गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर  घ्यू निर्यात भएको थियो । उहाँले  जापानमा नेपाली घ्यूको माग बढ्दै गएको  र एक पटकमा सात/आठ हजार  लिटर   घ्यू निर्यात  हुने गरेको छ । अहिलेसम्म सात पटक   घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक  ५०० लिटर घ्यू उत्पादन हुने गर्छ । 

हेटौँडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो ।  आयोजनाबाट दैनिक २५ हजार लिटर  दुग्ध  मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट  जिल्लामा  सङ्कलन भइरहेको छ ।

 ती मध्ये प्रशोधित  ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले  दैनिक ६ हजार कृषक घरपरिवारबाट  दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ । 

बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता  प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन  फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित  क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ  उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित  उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ ।  आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश : चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा  रहेको छ ।

मकवानपुरलगायत अन्य जिल्लाको  दुग्ध  उत्पादक सहकारी संस्थाबाटसमेत  दुग्ध सङ्कलन  हुने गरेको  आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भन्नुभयो,“आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी  बढी भएको  दूध  बालाजुलगायत  अन्य आयोजनामा पठाउने गरेको छ ।”
 
आयोजनाको ६० हजार  लिटर  दूध भण्डारण  क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर  उत्पादन क्षमताप्रति दिन ५०० केजी  , फेसमिल्क ,एक हजार ५०० बोतल  प्रति सिफ्ट, पेडा ३६० प्याकेट  प्रतिदिन र लालमोहन ९०० प्याकेट  प्रतिदिन उत्पादन  हुने गरेको  उहाँले जानकरी दिनुभयो ।
 
बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७  बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।