• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   उजागर हुँदै अन्नपूर्णको ऐतिहासिक शीतल गुफा ★   निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा ★   नीति तथा कार्यक्रम प्रस्तुतगर्न राष्ट्रपति पौडेल सङ्घीय संसदमा पुग्दा- फोटो फिचर ★   एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने ★   वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने ★   सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने ★   आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने ★   सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने ★   गृहमन्त्री समक्ष तीनकुने जग्गा मुआब्जा पीडितले सुनाए गुनासो ★   आगामी आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा

प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धताः मधेसको विकासमा निरन्तर लाग्नेछुः



धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गर्नुभयो ।

सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले सङ्घीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।”

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताउनुभयो ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उहाँले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग र्पुयाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।