• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा क्यानद्वारा २० लाख सहयोग



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि २० लाख सहयोग गरेको छ । क्यानले शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग गरेको जानकारी दिएको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पबाट क्षति पुर्‍याएपछि पीडितलाई सहयोग गर्न आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप क्यानले २० लाख सहयोग गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।