४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चिनियाँ नववर्ष कार्यक्रम सम्पन्न

चिनियाँ नववर्ष कार्यक्रम सम्पन्न
अ+ अ-

काठमाडौँ :  चिनियाँ नववर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष चिनियाँ नववर्ष ड्रयागन वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

सो कार्यक्रमको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपालका लागि चिनियाँ राजदूत छन सोङले गत पुस २९ गते यहाँ शुभारम्भ गर्नुभएको थियो । चिनियाँ नयाँ वर्षका अवसरमा नेपाल चीन मैत्री फुटबल म्याच, चिनियाँ इलेक्ट्रिकल सामग्री र लालटिन प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न दरबार, सडक,  उद्यान र खेलमैदानमा आयोजना गरिएको थियो ।

चिनियाँ नववर्ष समारोह समापनका अवसरमा यहाँस्थित चिनियाँ राजदूतावासमा आज आयोजित आभार कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले चीनको उदयबाट नेपाल र नेपाली खुसी भएको र उसबाट नेपालले  आर्थिक, सामाजिक र प्राविधिक विकासबारे सिक्ने बताउनुभयो । उहाँले चीन नेपालको विश्वासयोग्य विकास साझेदार भएको र उसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरेकामा कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छनले पहिलो पल्ट नेपालमा मनाइएको सो कार्यक्रमले चीनबारे बुझ्ने नेपालीको सङ्ख्या ३५ प्रतिशतले बढेको र यसबाट दुई देशबिच सांस्कृतिक आदानप्रदान, ज्ञान, समझदारी र सम्बन्धले गहिरो जरा गाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्काे वर्ष समाजवादी चीन स्थापनाको ७५ वर्ष र चीन नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष पुग्ने छ । चीनले नेपालसँगको सम्पर्क र सहयोग जारी नै राख्ने छ । हाम्रो सहकार्यको नयाँ सुरुआती विन्दु  सुरु हुने छ र हामी मिलेर काम गर्ने छौँ   ।”

राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालमा आयोजित वसन्त पर्वमा नेपाल पर्यटन बोर्ड, तामाङ सङ्घसंस्था, नेपाल मार्सल आर्ट सङ्घ, काठमाडौँ, ललितपुर,  भक्तपुर महानगरपालिका र नगरपालिका आदिले सहयोग गरेकामा आभार व्यक्त गर्दै यसबाट धेरै नेपालीले  चिनियाँ संस्कृति बुझ्न सकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र पर्यटन बोर्डका प्रतिनिधि नलिनी लाखेले नेपाल र चीनबीच खेलकुद तथा सांस्कृतिक– पर्यटकीय गतिविधि अझ वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । शनिबार भने चिनियाँ लालटिन पर्व मनाइने जनाइएको छ । कार्यक्रममा राजधानीका विभिन्न नगरपालिकाका प्रमुख–उपप्रमुख, नेपाल चीन मैत्री सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, यहाँस्थित चिनियाँ र नेपाली बुद्धिजीवीको सहभागिता थियो ।रासस