२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाद्वारा पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि सर्कुलर जारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ ।

पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यले प्रदेश तथा जिल्लाबाट सदस्यता नवीकरण गराउँदा अनिवार्यरुपमा यही फागुन २० गतेभित्र नवीकरण गराउँन पार्टीले सर्कुलर जारी गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन २० गतेसम्म नवीकरण गराइसकेमा फागुन २५ गतेसम्म नवीकरण भएको विवरण तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकाले उक्त समयसीमा निर्धारण गरिएको हो ।

जसपाको सङ्गठित सदस्यता वार्षिक रु एक सय तिर्नुपर्ने व्यवस्था रहेको भन्दै सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस