• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, ‘साम्बा’ ले गरिन् पाँच गोल



फाईल फोटो

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ ले पाँच गोल गरेसँगै नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह चरणको दोस्रो खेलमा इराकविरुद्ध नेपालले फराकिलो जित दर्ता गरेको हो ।

खेलमा साम्बाले पहिलो हाफमा चार गरी कुल पाँच गोल गरिन् । यो गोलसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा ४४ खेलमा ४९ गोल पुर्याएकी छन् ।

नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरियामाथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध शनिबार खेल्ने छ ।