• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

महासमिति बैठकले पार्टीलाई वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सबल बनाएको छ: देउवा



नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बिहीबार जारी नेपाली कांग्रेसको महासमिति बैठकको अन्तिम दिनको समापन समारोहलाई सम्बोधन गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपमा समृद्ध र संगठनात्मक रुपमा सबल बनेको बताउनुभएको छ ।

बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सवल भएको सन्देश प्रवाह भएको बताउनुभएको हो । उहाँले पार्टी अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताउनु भयो । उहाँले महासमिति बैठकले नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महासमिति बैठकपछि नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताउनु भयो । सभापति देउवाले काँग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘महासमितिबाट गरिएका नीतिगत उद्घोष देशमा सकारात्मक तथा अग्रगामी परिवर्तनको आधार बनेका छन् । हामी यो गौरवशाली इतिहासलाई निरन्तरता दिन चाहन्छौँ । र सक्छौँ भन्ने तथ्य यो बैठकले परिणत गरेको छ । देशभित्र मात्रै होइन नेपाली काँग्रेसले गर्ने नीतिगत निर्णयहरु अन्तर्राष्ट्रिय जगतमा पनि ठुलो महत्व राख्दछ । नेपाली कांग्रेस देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी हो । हाम्रा नीति, कार्यक्रम र व्यवहार लोकतान्त्रिक मूल्यमान्यता, समय सापेक्ष, दूरदर्शी र जिम्मेवार हुने भएको हुँदा हामीले यो अवसर र गौरव प्राप्त गरेका हौँ । महासमितिको बैठकबाट देश भित्र र बाहिर रहनुभएका सबै नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको छ भन्ने मैले विश्वास गरेको छु । नेपाली काँग्रेस वर्तमान गठबन्धनको सरकारको प्रमुख घटकको रुपमा मुलुकमा सुशासन, विकास, समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्न राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो । यो नेपाली काँगेसलाई वैचारिक रुपले समृद्ध, संगठनात्मक रुपले सवल, अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश प्रवाह भएको छ । यो बैठक नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्नेछ भन्ने विश्वास लिएको छु ।’

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरुलाई आगामी केन्द्रिय समिति बैठकमा छलफल गरी प्रतिवेदनहरुलाई परिमार्जन गरिने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर : किरणराज विष्ट/रासस