• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

एमालेको निस्कर्ष: ‘सरकार कुटनीतिक मामिलामा चुक्यो, शिक्षामा उदांगो हस्तक्षेप भयो’-पूर्णपाठ सहित



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसावले संकटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको पनि बताउनु भयो ।

उहाँले गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको पनि एमालेको निस्कर्ष रहेको बताउनु भयो । उहाँले देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णयक भुमिका खेल्ने बताउनु भयो । उहाँले सरकारका गलत कामहरु र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको ठहर एमालेको रहेको पनि बताउनु भयो ।

उहाँले तस्करी र भ्रष्टाचारमा मन्त्रीहरु नै मुछिए पनि कारबाही गर्न नसकेको, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने मन्त्रीहरुलाई बर्खास्ती गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको बताउनु भयो । उहाँले महंगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि बताउनु भयो । उहाँले सरकारको अकर्मण्यताका कारण भूकम्प पीडितले राहत नपाएर ज्यान गुमाउनुपरेकाले सरकारले विशेष महत्व दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसावले संकटग्रस्त बन्दै गएको छ । देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको छ । देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णयक भुमिका खेल्नेछ । सरकारका गलत कामहरु र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको छ । तस्करी र भ्रष्टाचारमा मन्त्रीहरु नै मुछिएका छन् । मन्त्रीको राष्ट्रिय झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने तर राजीनामा दिन तयार नहुने, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने । यी दोषमा मुछिएका मन्त्रीहरु तत्काल बर्खास्त हुनुपर्छ । सरकारले नागरिकको जीवन साह्रै सस्तो बनायो । बालकुमारी र सर्लाहीको घटना हेर्दा हुन्छ । चल्नुपर्ने कुनै कारण नै होइन, १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको छ । मिटरब्याज पीडितमा हाम्रो चासो छ । कानून पारित भएपनि दोषीले न्याय नपाउने काम छ । पैदलयात्रा गरेर काठमाडौं आउनुपर्ने बाध्यता छ । उनीहरको मागहरु तत्काल पूरा गरियोस् । सहकारी पीडितहरुले विभिन्न ठाउँमा आन्दोलन गर्नुभएको छ, ठगिका जिम्मेवारलाई तत्काल कारबाही गर्नुपर्छ । सहकारीलाई निषेध गर्ने काम गर्नु हुँदैन । दुग्ध उत्पादक किसानहरुले ६ अर्ब भन्दा बढी भुक्तानी नपाएको भन्नेछ, त्यो समस्या तत्काल पूरा गर्न माग गरेका छौँ । महंगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउँछाैँ । भूकम्प पीडितले पाउने ५० हजार पनि पाएका छैनन् । उनीहरुको सरकारको अकर्मण्यताका कारण भएको हो । उनीहरुको अस्थायी आवासको व्यवस्था होस् । सडक दुर्घटना बढेको छ, यसमा ध्यान दिन सुझाव दिन्छाैँ । शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भयो, शिक्षा क्षेत्र अस्तव्यस्त भयो । सरकार कुटनीतिक मामिलामा चुक्यो । विपीन जोशीको रिहाईको पहल गर्न सकेन, रुसी सेना भर्तीमा प्रभावकारी कुटनीतिक पहल गर्न सकेको छैन ।’

पार्टीले सडक दुर्घटना बढ्दासमेत सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भएको, सरकार कुटनीतिक मामिलामा चुकेको निस्कर्ष पार्टीको रहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

UMLCentral-Committee-Meeting_Press-Statement-Fagun-10