६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद शामीले आईपीएल २०२४ नखेल्ने



अ+ अ-

एजेन्सी । भारतीय फास्ट बलर मोहम्मद शामी ईन्डियन प्रिमियर लीग (आईपीएल) २०२४ बाट बाहिरिएका छन् । खुट्टाको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरीएका हुन् ।

उनी एकदिवसीय विश्वकप २०२३ पछि क्रिकेट मैदानमा देखिएका छैनन् । शमीको आईपीएल २०२४ बाट बाहिरिनु गुजरात टाइटन्सका लागि ठूलो झट्का साबित हुन सक्छ ।

शमी गुजरातका मुख्य फास्ट बलर हुन् । उनी गत सिजन अर्थात आईपीएल २०२३ मा सर्वाधिक विकेट लिने बलर थिए । उनले १७ खेलमा १८.६१ को उत्कृष्ट औसतमा २८ विकेट लिएका थिए ।

समाचार एजेन्सी ‘पीटीआई’ लाई उद्धृत गर्दै बीसीसीआई स्रोतले शमी बायाँ घुँडाको चोटका कारण आईपीएलबाट बाहिर रहेको बताएको छ। शमीको चोटले शल्यक्रिया गर्नुपर्नेछ, जुन बेलायतमा हुनेछ।

शमीलाई २०२२ को मेगा अक्सनमा गुजरातको टोलीले ६.२५ करोड भारुमा किनेको थियो, त्यसपछि उनी टोलीका लागि सफल फास्ट बलर बनेका थिए । यसअघि शमी पञ्जाब किंग्सको हिस्सा थिए। शामीले अहिलेसम्म कुल ११० आईपीएल खेल खेलेका छन् । जहाँ ११० इनिङ्समा बलिङ गर्दै २६.८६ को औसतमा १२७ विकेट लिएका छन् । यस अवधिमा उनको ईकोनोमि ८.४४ रहेको छ ।

सन् २०२३ मा घरेलु मैदान भारतमा भएको एकदिवसीय विश्वकपमा शमीले चमत्कार गरेका थिए । शमी विश्वकपमा भारतका लागि सबैभन्दा बढी विकेट लिने बलर बने । विश्वकपमा ७ खेल मात्र खेलेका उनले १०.७१ को उत्कृष्ट औसतमा २४ विकेट लिएका थिए ।