१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday
Latest
नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङ्देन ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी महिला टी–२० क्रिकेटमा नेपालको सान्त्वना जित सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण: तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन तराईमा होली – फोटोफिचर ‘वस्तुको प्रकृतिअनुसार भन्सार वर्गीकरणको व्यवस्था गर्नुपर्नेमा जोड’ माओवादी केन्द्रिय कार्यालयमा शिक्षक महासंघको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छ: चन्द्रकान्त राउत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा चरम निराशा व्याप्त रहेको बताउनु भयो । उहाँले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता शुरु भएको बताउनु भयो । उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णत: असफल दिशातिर गइरहेको बताउनु भयो ।

उहाँले प्रतिनिधि सभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताउनु भयो । उहाँले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताउनु भयो । उहाँले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु । देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु । समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु । देशमा हरेक अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णत: असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ । प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ । न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ । संवैधानिक निकायहरु सरकारको निर्देशनमा जिहुजुर गर्ने मात्रै व्यस्त छन् ।’

‘कार्यपालिकाको अवस्था यस्तो छ की कुनैपनि कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी कुनैपनि कुरामा डेलिभर गर्नसक्ने अवस्था छैन । यति मात्रै होइन, म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन । सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी बिरोधी र प्रतिष्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ । जसरी जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएका थिए र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो, त्यस्तै नै अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था छ । दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि मेरो गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा छ । धोती लगाउँदा पनि षड्यन्त्र देख्छ । हामी सुध्रेनौँ भने जंगबहादुरकै हविगत हुनेछ ।’

उहाँले दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको जिकिर गर्नुभयो । उहाँले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिनुभयो ।