३० माघ २०८१, बुधबार
,
Latest
आगलागीमा तीन जनाको मृत्यु उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, उर्जा विकासलगातयका विषयमा छलफल आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्र भण्डारीको प्रश्न- किसानलाई दु:ख दिने बाँदरको त बन्ध्याकरण गर्ने, अनुदान खाने बाँदरलाई चाहीँ के गर्ने ?



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले बाँदर नियन्त्रणका लागि अहिले बाँदरको बन्ध्याकरणको कुरा उठिरहेको भन्दै उनले किसानले पाउने अनुदान खाने बाँदरलाई चाहीँ के गर्ने ? भनेर प्रश्न गर्नुभएको छ ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले बाँदरको बन्ध्याकारण भन्दा पनि वनमा चिउरी लगायतका रुखहरु रोप्नु उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘किसानहरुलाई बाँदरले दु:ख दिइरहेको छ । मैले सुन्दैछ– बाँदरको बन्ध्याकरण गर्ने भन्ने । किसानले पाउने अनुदान खाने बाँदरलाई के गर्ने त रु किसानले सस्तो मूल्यमा दिएर चर्को मूल्यमा बजारमा लैजाने बाँदरलाई के गर्ने त ?’ ।

नेता भण्डारीले वन जंगलमा खाने कुराको अभाव भएका कारण बाँदरहरु गाउँ परेर किसानलाई दु:ख दिएको बताउनु भयो ।उहाँले भन्नुभयो विदेशीहरुले २० वर्षअघि वनमा सल्लो लगाउने सल्लाह दिँदा वनमा खानेकुरा केही नपाएर बाँदरहरु बस्तीमा प्रवेश गरेको हुन् ।

फोटो- प्रदीपराज वन्त/रासस