२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्र भण्डारीको प्रश्न- किसानलाई दु:ख दिने बाँदरको त बन्ध्याकरण गर्ने, अनुदान खाने बाँदरलाई चाहीँ के गर्ने ?



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले बाँदर नियन्त्रणका लागि अहिले बाँदरको बन्ध्याकरणको कुरा उठिरहेको भन्दै उनले किसानले पाउने अनुदान खाने बाँदरलाई चाहीँ के गर्ने ? भनेर प्रश्न गर्नुभएको छ ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले बाँदरको बन्ध्याकारण भन्दा पनि वनमा चिउरी लगायतका रुखहरु रोप्नु उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘किसानहरुलाई बाँदरले दु:ख दिइरहेको छ । मैले सुन्दैछ– बाँदरको बन्ध्याकरण गर्ने भन्ने । किसानले पाउने अनुदान खाने बाँदरलाई के गर्ने त रु किसानले सस्तो मूल्यमा दिएर चर्को मूल्यमा बजारमा लैजाने बाँदरलाई के गर्ने त ?’ ।

नेता भण्डारीले वन जंगलमा खाने कुराको अभाव भएका कारण बाँदरहरु गाउँ परेर किसानलाई दु:ख दिएको बताउनु भयो ।उहाँले भन्नुभयो विदेशीहरुले २० वर्षअघि वनमा सल्लो लगाउने सल्लाह दिँदा वनमा खानेकुरा केही नपाएर बाँदरहरु बस्तीमा प्रवेश गरेको हुन् ।

फोटो- प्रदीपराज वन्त/रासस