• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

च्याम्पियन्स लिगः पोर्टोले आर्सनललाई हरायो, नापोली र बार्सिलोनाको बराबरी



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल पोर्चुगिज क्लब एफसी पोर्टोसँग १–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन एकमात्र गोल गालेनोले गरे । उनले खेल सकिनै लाग्दा अन्तिममा इन्जुरी समयमा गोल गरेका हुन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालीयन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोनाले १–१ गोलको बराबरी खेलेका छन् ।

नापोलीको घरेलु मैदानमा भएको खेलमा ६० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउँदै नापोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेगका खेलहरु आर्सनल र बार्सिलोनाका घरेलु मैदानमा मार्च १३ मा हुनेछन् ।