१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

ब्याटिङमा राम्रो गर्न नसक्दा हार बेहोरनुपर्यो, नेदरल्यान्ड्सविरूद्ध कमब्याक गर्छौ: कप्तान पौडेल

ब्याटिङमा राम्रो गर्न नसक्दा हार बेहोरनुपर्यो, नेदरल्यान्ड्सविरूद्ध कमब्याक गर्छौ: कप्तान पौडेल
फाईल फोटो
अ अ+ अ-

काठमडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भयो । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रन जोडेर अलआउट भएको थियो । जुन लक्ष्य नामिबियाले नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

खेलपछि पत्रकारहरुसँग बोल्दै नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङमा राम्रो गर्न नसक्दा हार बेहोरनुपरेको बताए । उनले आफ्नो प्रदर्शन राम्रो हुन नसकेको भन्दै जिम्मेवारी लिने बताए । पावरप्लेमा तीन विकेट जाँदा तथा आफू र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले राम्रो स्कोर बनाउन कठिन भएको बताए ।

रोहितले त्रिवि मैदानमा टस जित्ने वा हार्नेभन्दा पनि नेपालले ब्याटिङ गर्न नसक्दा हार बेहोर्नु परेको बताए । उनले नेपालको ब्याटिङ अडर स्पष्ट भएको तथा परिस्थिति अनुसारको अडर निर्माण गर्न नसकेको बताए । साथै, उनले नेपालले नेदरल्यान्ड्सविरूद्ध कमब्याक गर्ने प्रतिक्रिया दिए ।

यस्तै, नेपालका प्रशिक्षक मोन्टी देसाइले पहिले ब्याटिङ गर्नका लागि योजना बनाए पनि त्यसमा सफल नभएको बताए । १० ओभरको पहिलो पावरप्लेमा तीन विकेट गुमाए पनि कुशल मल्ल र आसिफ शेखले राम्रो साझेदारी गरेको उनले बताए । कप्तान रोहित पौडेलसहितका मुख्य ब्याटर आफ्नो भूमिकामा केन्द्रित हुन नसकेको उनको भनाइ छ ।

मोन्टीले आरिफ शेखलाई बेञ्चमा राख्ने निर्णय गाह्रो भएको बताउँदै टिमको योजना अनुसार करण केसी लाई स्थान दिईएको बताए ।