• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि छ: झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताउनुभएको छ ।

बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनु भयो । उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको बताउनु भयो । उहाँले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताउनु भयो । उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताउनु भयो । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु । उहाँहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन् ।’

‘हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ । मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै संकटपूर्ण छ । देश वि.सं. १९९५ तिरको डाटा हेर्नुभयो भने त्यतिबेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो, अहिले ५ प्रतिशत भन्दा कम भएको छ । नेपाल अनुद्योगीतर्फ गइरहेको छ । भएका उद्योग चलेका छैनन्, चलेका उद्योग ३० प्रतिशत भन्दा कम छ । रोजगारी देशमा छैन । देशको नेतृत्वप्रतिको अविश्वासका कारण बाहिर जान बाध्य छन् ।’

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो ।