१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि छ: झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताउनुभएको छ ।

बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनु भयो । उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको बताउनु भयो । उहाँले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताउनु भयो । उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताउनु भयो । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु । उहाँहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन् ।’

‘हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ । मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै संकटपूर्ण छ । देश वि.सं. १९९५ तिरको डाटा हेर्नुभयो भने त्यतिबेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो, अहिले ५ प्रतिशत भन्दा कम भएको छ । नेपाल अनुद्योगीतर्फ गइरहेको छ । भएका उद्योग चलेका छैनन्, चलेका उद्योग ३० प्रतिशत भन्दा कम छ । रोजगारी देशमा छैन । देशको नेतृत्वप्रतिको अविश्वासका कारण बाहिर जान बाध्य छन् ।’

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो ।