२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा ट्रक र जीप ठोक्किँदा दुई जनाको मृत्यु, चार घाइते



अ+ अ-

काठमाडौं । बारामा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा प्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान र नुवाकोटको बिदुर नगरपालिका-९ कोल्नीका ३० वर्षीय सुजन मगराती रहेका छन् । उनीहरुको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका-४ चैनपुरका ३० वर्षीय रवि पटेल घाइते भएका छन् । उनीहरु सबैको सोही अस्पतालमा उपचार भइरहेको छ ।