२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा ट्रक र जीप ठोक्किँदा दुई जनाको मृत्यु, चार घाइते



अ+ अ-

काठमाडौं । बारामा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा प्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान र नुवाकोटको बिदुर नगरपालिका-९ कोल्नीका ३० वर्षीय सुजन मगराती रहेका छन् । उनीहरुको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका-४ चैनपुरका ३० वर्षीय रवि पटेल घाइते भएका छन् । उनीहरु सबैको सोही अस्पतालमा उपचार भइरहेको छ ।