१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमिति बैठकमा प्रदीपको २८ बुँदे पूरक प्रस्ताव (पूर्ण पाठसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिको बैठकमा २८ बुँदे पूरक प्रस्ताव राख्नु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले २८ बुँदे पूरक प्रस्ताव राख्नु भएको छ ।

पूरक प्रस्ताव निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न महासमितिले निर्देश गर्नुपर्ने उल्लेख छ । यसैगरी निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गरी उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्नुपर्ने प्रस्ताब गरिएको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले राख्नु भएको पूरक प्रस्तावको पूर्णपाठ

महासमिति बैठकले लिनुपर्ने थप सङ्कल्प