१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको विशेष अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रह्माण्डीय महायज्ञको तयारी पूरा



अ+ अ-

गण्डकी : बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा भोलिदेखि हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञका सम्बन्धमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका केन्द्रीय महासचिव महेश पराजुलीले सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो ।

स्वामी कमल नयनाचार्यको सङ्कल्पमा देशमा पहिलोपटक जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न महायज्ञ गर्न लागिएको उहाँले जानकारी दिनुुभयो ।उहाँका अनुसार महायज्ञको भोलि १०८ कन्याहरूबाट उद्घाटन हुनेछ ।रासस