२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रह्माण्डीय महायज्ञको तयारी पूरा



अ+ अ-

गण्डकी : बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा भोलिदेखि हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञका सम्बन्धमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका केन्द्रीय महासचिव महेश पराजुलीले सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो ।

स्वामी कमल नयनाचार्यको सङ्कल्पमा देशमा पहिलोपटक जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न महायज्ञ गर्न लागिएको उहाँले जानकारी दिनुुभयो ।उहाँका अनुसार महायज्ञको भोलि १०८ कन्याहरूबाट उद्घाटन हुनेछ ।रासस