• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

टिआरसी पीडितमैत्री हुुनुपर्ने अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍यो: ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताउनुभएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रश्तावमा सो विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । उहाँले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौँ । म प्रधानमन्त्री हुँदा पनि हामीले टुंग्याउन साह्रै कोशिस गरेका हौं । त्यतिबेला प्रचण्डजी र शेरबहादुर देउवाजीले टुंग्याउन मान्नुभएन । किन मान्नुभएन, के शौख हो उहाँहरुको त्यो उहाँहरुले भन्नुहोला । तर स्पष्ट त: उहाँहरुले शान्ति प्रक्रियाका बाँकि कामहरु टुंग्याउन मान्नुभएन । मैले धेरै आग्रह गरेँ । अनुरोध गरेँ । नत्र यो १८ वर्षसम्म चालु रहने विषय थिएन । १७ वर्ष पूरा गरेर १८ वर्ष लागि सक्यो । यो चालु रहने थिएन । तर अहिले यसलाई बेस्सरी हतियार बनाउन खोजिएको छ । हामी भन्न चाहन्छौं–हाम्रा लागि आफ्नै केही छैन । हामी पीडितको पक्षमा, पीडितले न्याय पाउने भन्ने कुरा मात्रै हो । पीडितलाई मञ्जुर हुँदाखेरी हामीलाई मञ्जुर छ । हामीले भनेका छौं । पीडितले न्याय पाउनुपर्‍यो । उनीहरु मञ्जुर हुनुपर्‍यो । र यो बलजफ्ती गर्‍यो भने हिंसाका प्रवृत्तिहरु या भावनाहरु, प्रतिशोधका भावनाहरु कालान्तरसम्म रहन र पुन: प्रकट हुन सक्दछन् । हिंसा पुन: प्रकट हुन सक्दछ ।

त्यसकारण एक पटकका लागि र सधैँका लागि यसको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । म यो प्रसंग राष्ट्रिय सभाको सदस्यका केही पदहरुसँग साँटने होइन, देखाउने त्यो पदहरु र हामीलाई यो काम चाहीँ गराईहाल्ने, हामी केही पदका लागि आफ्नो अडान छोडौं । दृष्टिकोण छोडौं, नीति छोडौं । र, पछि उही हो–सम्झाउन सकिएन साथीहरुलाई, मानेन के गर्ने ? तपाईहरुको जस्तो युनिफाईड एकदम एकढिक्का पार्टी छैन । अपm्ठयारो छ । विभिन्न घटक छन्, आदि इत्यादी । असाध्यै अपm्ठ्यारो छ । या त सरकार नै धरापमा पार्ने अवस्था भयो । आदि इत्यादी कुरा गर्ने र फेरि लड्पट्याउने । कुरा त्यही थियो । त्यस स्थितिमा हामीले त्यसको पछाडि कुद्नु थिएन । हामीले त्यसलाई तुरुन्तै भोलि गरौँ, भोलि गरांै भन्ने उनीहरुको हरेक वार्ताको पछाडि एकतावद्ध भएरै जाने हो राष्ट्रिय सभा निर्वाचनमा, त्यो टुंगै भो । काँग्रेस एक नम्बर २ नम्बर एमाले, तीन नम्बर माओवादी भनेरै सिट बाँड्ने हो । यो पनि टुंगै भो । भोलि गरिहालौं । टिआरसी भोलि गरिहालौं । टिआरसी भोलीपल्ट गराई हाल्ने, हामीलाई बेकुव ठान्ने । कसरी टिआरसी भोलिपल्ट गर्ने । त्यसमा हामीलाई आपत्ति थिएन । तर हामीले पीडितमैत्री हुनुपर्छ है । भन्ने कुरा छोड्नुपर्ने । त्यस्तो कुरा हुन सक्दैनथ्यो । तसर्थ, हामी एक्लै गठबन्धनसँग लड्यौं । कहीँ पनि हाम्रो मतभार जित्नका लागि पुग्दैनथ्यो । तर एक ठाउँमा हामीले जित्यौं ।

कोशी प्रदेशमा महिलातर्फको सिटमा रुक्मिणी कोईराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभयो हाम्रो पार्टीको तर्फबाट । हामीले यस जितका लागि केही खुला र इमान्दार प्रयास अघि बढाएका थियौं । राप्रपाको मत हामीले लिने, हाम्रा मतहरु राप्रपालाई दिने । राप्रपासँग ३९४ मत थियो । ४२ सय भन्दा बढी मत हामीसँग थियो । त्यो हामीले राप्रपालाई दिने भन्यौं । राप्रपाको एकजना प्रवक्ता भन्ने मान्छेले परिणाम आएपछि एमालेले बेइमान गर्‍यो, धोका दियो भनेर बहुतै लाञ्छित गरेको मैले सुने । मैले कतै त्यसको प्रतिवाद गरिरहिन । तर उहाँहरुले बुझनुपर्ने उहाँहरुको मत ३९४ मात्रै आयो कि धेरै मत आयो ? केहीले नपुगेको हो कि धेरले नपुगेको हो ? अनि, ती मत चाहीँ कहाँबाट आए ? एमालेको आयो कि आकाशबाट आए ? अनि एमालेले बेईमानी गरेको भन्ने ? एमालेले इमान्दारिताका साथका साथ काम गर्‍यो । तर केही भोटहरु बिग्रिए होला । कसका भोट बिग्रिए, कहाँ बिग्रिए । राप्रपाका बिग्रिए कि एमालेका बिग्रिए ? त्यसकारण सोझै एमालेलाई लाञ्छित गर्ने त्यो आग्रही, पूर्वाग्रही तरिका राप्रपाका ती प्रवक्ता भन्ने व्यक्तिले एमाले बिरोधी भावना रहेछ भन्ने कुरा उनी भित्र देखिन्छ भन्ने कुरा त्यसबाट पुष्टि हुन्छ । हामीले त्यति धेरै भोट हाल्यौं । होला हाम्रो पनि एकाध भोट बिग्रिए होला । उहाँहरुको बिग्रिएन भन्ने के छ र ? उहाँहरुको भोट बिग्रिएको हुनसक्छ । अ

नि उहाँहरुको र हाम्रो भोटले मात्रै पनि पुग्दैन थियो । अरुका भोट आउनु पर्दथ्यो, त्यो नआएको हुन सक्दछ । त्यसकारण हामीले सहमती गरेको राप्रपाले जितेन । हाम्रो बेइमानीले होइन । हाम्रो संस्थागत बेइमानी होइन । अव कुनै कहीँ भित्र केही गरेको भए त्यो मलाई थाहा छैन । तर त्यो संस्थालाई दोष लगाउन मिल्दैन किनभने यत्रो धेरै भोट त गएको छ त ? संस्थाले सहमति गरेर उहाँहरुलाई भोट खसालेको थियो । त्यसकारण प्रवक्ता एमालेमाथिको जुन वैरभाव प्रतिक्रियामा प्रकट भयो, त्यो अनुचित छ । गलत छ । राप्रपाले त्यस्ता खालको तरिकाहरु अवलम्वन गर्नु हुँदैन । यी दुई वटा ठूल्ठूला सफलताका कामहरु हामीले गरेका छौं यस बीचमा । ’

‘गठबन्धन अहिले पनि कायम छ । गठबन्धनको चरित्र बदल्नका लागि निर्वाचन पछि हामीले गठबन्धनको चरित्र अलि देशको पक्षमा होस्, जनताको पक्षमा होस् । सुशासनको पक्षमा होस् । विकासको पक्षमा होस् । एउटा समिकरण त बनाउनु नै पर्‍यो । त्यो समिकरण लम्पसारवादी हुन नपाओस् । एमालेको सहभागिताबाट त्यस गठबन्धनलाई फरक दिशामा लैजान सकौं भनेर हामीले नयाँ प्रयास गरेका थियौं । ’

अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराउनु भयो ।