१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

टिआरसी पीडितमैत्री हुुनुपर्ने अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍यो: ओली

टिआरसी पीडितमैत्री हुुनुपर्ने अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍यो: ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताउनुभएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रश्तावमा सो विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । उहाँले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौँ । म प्रधानमन्त्री हुँदा पनि हामीले टुंग्याउन साह्रै कोशिस गरेका हौं । त्यतिबेला प्रचण्डजी र शेरबहादुर देउवाजीले टुंग्याउन मान्नुभएन । किन मान्नुभएन, के शौख हो उहाँहरुको त्यो उहाँहरुले भन्नुहोला । तर स्पष्ट त: उहाँहरुले शान्ति प्रक्रियाका बाँकि कामहरु टुंग्याउन मान्नुभएन । मैले धेरै आग्रह गरेँ । अनुरोध गरेँ । नत्र यो १८ वर्षसम्म चालु रहने विषय थिएन । १७ वर्ष पूरा गरेर १८ वर्ष लागि सक्यो । यो चालु रहने थिएन । तर अहिले यसलाई बेस्सरी हतियार बनाउन खोजिएको छ । हामी भन्न चाहन्छौं–हाम्रा लागि आफ्नै केही छैन । हामी पीडितको पक्षमा, पीडितले न्याय पाउने भन्ने कुरा मात्रै हो । पीडितलाई मञ्जुर हुँदाखेरी हामीलाई मञ्जुर छ । हामीले भनेका छौं । पीडितले न्याय पाउनुपर्‍यो । उनीहरु मञ्जुर हुनुपर्‍यो । र यो बलजफ्ती गर्‍यो भने हिंसाका प्रवृत्तिहरु या भावनाहरु, प्रतिशोधका भावनाहरु कालान्तरसम्म रहन र पुन: प्रकट हुन सक्दछन् । हिंसा पुन: प्रकट हुन सक्दछ ।

त्यसकारण एक पटकका लागि र सधैँका लागि यसको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । म यो प्रसंग राष्ट्रिय सभाको सदस्यका केही पदहरुसँग साँटने होइन, देखाउने त्यो पदहरु र हामीलाई यो काम चाहीँ गराईहाल्ने, हामी केही पदका लागि आफ्नो अडान छोडौं । दृष्टिकोण छोडौं, नीति छोडौं । र, पछि उही हो–सम्झाउन सकिएन साथीहरुलाई, मानेन के गर्ने ? तपाईहरुको जस्तो युनिफाईड एकदम एकढिक्का पार्टी छैन । अपm्ठयारो छ । विभिन्न घटक छन्, आदि इत्यादी । असाध्यै अपm्ठ्यारो छ । या त सरकार नै धरापमा पार्ने अवस्था भयो । आदि इत्यादी कुरा गर्ने र फेरि लड्पट्याउने । कुरा त्यही थियो । त्यस स्थितिमा हामीले त्यसको पछाडि कुद्नु थिएन । हामीले त्यसलाई तुरुन्तै भोलि गरौँ, भोलि गरांै भन्ने उनीहरुको हरेक वार्ताको पछाडि एकतावद्ध भएरै जाने हो राष्ट्रिय सभा निर्वाचनमा, त्यो टुंगै भो । काँग्रेस एक नम्बर २ नम्बर एमाले, तीन नम्बर माओवादी भनेरै सिट बाँड्ने हो । यो पनि टुंगै भो । भोलि गरिहालौं । टिआरसी भोलि गरिहालौं । टिआरसी भोलीपल्ट गराई हाल्ने, हामीलाई बेकुव ठान्ने । कसरी टिआरसी भोलिपल्ट गर्ने । त्यसमा हामीलाई आपत्ति थिएन । तर हामीले पीडितमैत्री हुनुपर्छ है । भन्ने कुरा छोड्नुपर्ने । त्यस्तो कुरा हुन सक्दैनथ्यो । तसर्थ, हामी एक्लै गठबन्धनसँग लड्यौं । कहीँ पनि हाम्रो मतभार जित्नका लागि पुग्दैनथ्यो । तर एक ठाउँमा हामीले जित्यौं ।

कोशी प्रदेशमा महिलातर्फको सिटमा रुक्मिणी कोईराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभयो हाम्रो पार्टीको तर्फबाट । हामीले यस जितका लागि केही खुला र इमान्दार प्रयास अघि बढाएका थियौं । राप्रपाको मत हामीले लिने, हाम्रा मतहरु राप्रपालाई दिने । राप्रपासँग ३९४ मत थियो । ४२ सय भन्दा बढी मत हामीसँग थियो । त्यो हामीले राप्रपालाई दिने भन्यौं । राप्रपाको एकजना प्रवक्ता भन्ने मान्छेले परिणाम आएपछि एमालेले बेइमान गर्‍यो, धोका दियो भनेर बहुतै लाञ्छित गरेको मैले सुने । मैले कतै त्यसको प्रतिवाद गरिरहिन । तर उहाँहरुले बुझनुपर्ने उहाँहरुको मत ३९४ मात्रै आयो कि धेरै मत आयो ? केहीले नपुगेको हो कि धेरले नपुगेको हो ? अनि, ती मत चाहीँ कहाँबाट आए ? एमालेको आयो कि आकाशबाट आए ? अनि एमालेले बेईमानी गरेको भन्ने ? एमालेले इमान्दारिताका साथका साथ काम गर्‍यो । तर केही भोटहरु बिग्रिए होला । कसका भोट बिग्रिए, कहाँ बिग्रिए । राप्रपाका बिग्रिए कि एमालेका बिग्रिए ? त्यसकारण सोझै एमालेलाई लाञ्छित गर्ने त्यो आग्रही, पूर्वाग्रही तरिका राप्रपाका ती प्रवक्ता भन्ने व्यक्तिले एमाले बिरोधी भावना रहेछ भन्ने कुरा उनी भित्र देखिन्छ भन्ने कुरा त्यसबाट पुष्टि हुन्छ । हामीले त्यति धेरै भोट हाल्यौं । होला हाम्रो पनि एकाध भोट बिग्रिए होला । उहाँहरुको बिग्रिएन भन्ने के छ र ? उहाँहरुको भोट बिग्रिएको हुनसक्छ । अ

नि उहाँहरुको र हाम्रो भोटले मात्रै पनि पुग्दैन थियो । अरुका भोट आउनु पर्दथ्यो, त्यो नआएको हुन सक्दछ । त्यसकारण हामीले सहमती गरेको राप्रपाले जितेन । हाम्रो बेइमानीले होइन । हाम्रो संस्थागत बेइमानी होइन । अव कुनै कहीँ भित्र केही गरेको भए त्यो मलाई थाहा छैन । तर त्यो संस्थालाई दोष लगाउन मिल्दैन किनभने यत्रो धेरै भोट त गएको छ त ? संस्थाले सहमति गरेर उहाँहरुलाई भोट खसालेको थियो । त्यसकारण प्रवक्ता एमालेमाथिको जुन वैरभाव प्रतिक्रियामा प्रकट भयो, त्यो अनुचित छ । गलत छ । राप्रपाले त्यस्ता खालको तरिकाहरु अवलम्वन गर्नु हुँदैन । यी दुई वटा ठूल्ठूला सफलताका कामहरु हामीले गरेका छौं यस बीचमा । ’

‘गठबन्धन अहिले पनि कायम छ । गठबन्धनको चरित्र बदल्नका लागि निर्वाचन पछि हामीले गठबन्धनको चरित्र अलि देशको पक्षमा होस्, जनताको पक्षमा होस् । सुशासनको पक्षमा होस् । विकासको पक्षमा होस् । एउटा समिकरण त बनाउनु नै पर्‍यो । त्यो समिकरण लम्पसारवादी हुन नपाओस् । एमालेको सहभागिताबाट त्यस गठबन्धनलाई फरक दिशामा लैजान सकौं भनेर हामीले नयाँ प्रयास गरेका थियौं । ’

अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराउनु भयो ।