२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

के प्रचण्ड सत्ताको काँध फेर्न तयार भएका हुन् ?

के प्रचण्ड सत्ताको काँध फेर्न तयार भएका हुन् ?
अ अ+ अ-

अघिल्लो महिना भएको राष्ट्रियसभाको निर्वाचनपछि सत्ता गठबन्धन दलहरुका बीचमा खटपट सुरु भएको देखिएको छ । यो छटपटीका केही झिल्काहरु छिटपुट रुपमा बाहिर निस्किएको पनि देखिएको छ । त्यसो त काँग्रेस र माओवादी पार्टीभित्रका दुई अलगअलग गुटले पनि यो गठबन्धनप्रति प्रश्न उठाउँदै पनि आएका हुन् । त्यो भित्री प्रश्नलाई गत महिनाको राष्ट्रियसभाको निर्वाचनले सतहमा ल्याइदिएको देखिएको छ । त्यसैले राष्ट्रियसभाको निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट सुरु भएको यो खटपट पनि कोशी प्रदेशबाटै निर्वाचनमा जितेर आएका कृष्ण सिटौलासम्म आएर टुंगिने देखिन्छ । त्यो चुनावका बाछिटाहरु यसै महिना हुन लागेको राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनसम्मै पुग्ने देखिएको छ । किनभने काँग्रेस र माओवादी राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्ना दाबी पेश गरिरहेका छन् ।

मुख्यगरी काँग्रेस र माओवादीको यो सत्ता गठबन्धन राष्ट्रियसभाको निर्वाचनमा पनि एक भएर गएको भए पनि कोशीमा कांग्रेसले धोका दिएको माओवादीको ठहर छ । कोशी प्रदेशमा माओवादी उम्मेदबार हारेर उता विपक्षी दल एमालेले जित्ने स्थिति पैदा हुनु नै गठबन्धनमा दरार उत्पन्न गर्न खोजिएको रुपमा माओवादीले लिएको छ । हुनत यो रिस पार्टी सभापति शेरबहादुर देउवाको इतर पक्षका रुपमा रहेको शेखर कोइरालाको गुटले देउवासँग नै फेरेको हो तर पनि उनीहरुले पनि यो तिरले दुई तिर हान्नेगरी तयारी थालेका बुझिन्छ । जसका कारण एकातार्फ आफ्नो उम्मेदबार मात्र आउनेछ भने अर्कातर्फ सत्ता गठबन्धनमा धाँजा फाट्न पनि यसले सघाउने कोइराला समूहको बुझाइ थियो । आखिर त्यही भयो । किनभने कांग्रेसले धोका दिएको निष्कर्षमा माओवादी पुगेको छ ।

माओवादीभित्र अहिले पनि सत्ताको वर्तमान गठबन्धन फेर्नुपर्छ भन्ने कित्तामा वर्षमान पुन र देब गुरुङहरु छन् । यो उनीहरुको सुरुदेखिकै लाइन हो । उनीहरु पार्टीभित्र पनि यसका लागि लबिङ गरिनै रहेका छन् । विगतमा यो लबिङमा नारायणकाजी श्रेष्ठ पनि थिए तर अहिले उनी गृहमन्त्री रहेकाले पद जाने डरले खासै बौल्दैनन् । उनीहरुका लागि पनि कोशीको चुनावले बल थपिदिएको छ । सो चुनावपछि उनीहरुको स्वर थप बलियो भएको छ । त्यसैले उनीहरु अहिले पनि पार्टीका औपचारिक बैठकहरु जस्तो पदाधिकारी होस् या सचिवालय बैठकमा पनि यो प्रसंग ल्याइहाल्छन् । उनीहरु बामपन्थी एकता हुनुपर्छ र सत्ताका लागि हुने गठबन्धन पनि बामपन्थी अर्थात् एमालेसँग नै हुनुपर्छ भन्ने लाइनमा स्पष्ट छन् । उनीहरुको यो दबाबमा अध्यक्ष प्रचण्ड पर्दै आएका छन् । प्रचण्ड भने अहिले नै सत्ता गठबन्धनमा फेरि फेरबदल गर्नु हुदैन भन्नेमै रहँदै आएका हुन् ।

पार्टीको अघिल्लो हप्ताको पदाधिकारी बैठकमा प्रचण्डले पनि स्वर फेरेका छन् । उनले कांग्रेसले धोका दिएकै हो र यसबाट अब हामीहरु पाठ सिकेर अघि बढ्नुपर्दा यो गठबन्धनको विकल्प पनि खोज्नुपर्ने हो कि भनेर सोच्नुपर्ने बताएका थिए । उनले भनेका थिए– बिगतमा पनि हँदै त आएकै हो र यसपटक पनि कांग्रेसबाट पुन: र राम्ररी नै धोका भयो । त्यसैले अबका दिनमा यसैगरी अघि बढ्न गाह्रो छ ।

गठबन्धनका विषयमा बडो बचेर र सन्तुलन कायम गरेर उनले दिएको यो अभिव्यक्तिमा सत्ताको वर्तमान सहयात्री फेरेर काँग्रेसबाहेक अर्को पक्ष अर्थात एमालेसँग सहकार्य गर्ने भनेर त भनेनन्, तर पनि काँग्रेससँगको गठबन्धनको सरकार बनेपछि उनले पहिलो पटक काँग्रेसका बारेमा गरेको यो टिप्पणी भने कडा हो । हुनत उनले पार्टीका पदाधिकारीहरुलाई चित्त बुझाउन पनि त्यसो भनेका हुनसक्छन् । किनभने प्रचण्ड भिड र मत हरेर मिलाएर बोल्ने गर्दछन् । तर पनि राष्ट्रियसभामा आफ्नै पार्टीका सांसद हारेर अर्को अर्थात् विपक्षी दललाई जिताउने गरी भएको गतिविधिका कारण भने उनी अहिले यतिखेर नाजवाफ भएका छन् ।

यसै साता माधव नेपालले काठमाडौँ बाहिरको एक कार्यक्रममा यो गठबन्धन सरकारबाट मुलुकले निकास नपाउने अवस्था आफूले देखेको बताए । उनले यो अभिव्यक्ति पार्टीको बैठकमा नभएर सार्वजनिक कार्यक्रममा नै दिएका हुन् । उनी पनि सत्ताको गठबन्धनमा संसदीय अंकगणित अनुसार लगभग निर्णायक शक्तिकै रुपमा छन् । अनि अर्को कुरा उनले सो कार्यक्रममा हाम्रो सत्रु एमाले होइन पनि भनेका छन् । पार्टीसँग त्यति ठूलो दुष्मनी आफूहरुको नरहेको आसय पनि उनले व्यक्त गरेका थिए । एमालेसँगको प्रचण्डको गठबन्धनमा खास बाधक माधव नेपाल थिए र अहिले पनि हुन् भन्ने अधिकांशको बुझाइ छ । ओलीले चाहँदा प्रचण्डलाई नजिक्याउन सक्छन् तर माधव नेपालसँग सहकार्य उनी चाहँदैनन् । यता प्रचण्डलाई पनि माधव नेपाल छोडेर जान नैतिक धराप छ । त्यसैले नेपालको यो पछिल्ले अभिव्यक्तिले ओलीलाई सहज पो बनाउने हो कि भन्ने आँकलन गर्दा गल्ती हुदैन होला ।

अहिले बाम एकताका कुरा छिटपुट आएका पनि छन् । अनि यता सत्तामा खटपट आफ्नै दलका कारण झन् बढ्दो छ । माओवादीको विधान अधिवेशनमा पनि यी धेरै कुरा आए भने अब काँग्रेसको महासमितिमा पनि आउनेवाला नै छ । किनभने शेखर कोइराला खुलेरै माओवादीसँग सत्ता साटेर अघि बढ्नुुहन्न भनिरहेकै छन् । त्यो आवाज महासमितिमा झन् चर्को हुनेवाला किन पनि छ भने गगन थापा पनि पछिल्लो समयमा माओवादीसँगको सहकार्यको आलोचनामा उत्रिएका छन् । उता एमालेले भने अहिलेको सत्ता गठबन्धन तोड्ने ढोक्सा थाप्न समय कुरेरै बसिरहेको छ । के त्यसो भए अहिले काँग्रेसलाई बोकेको काँध फेरेर एमालेलाई काँधमा चढाउन प्रचण्ड तयार भएका हु्न् ? या हुने अवस्थामा पुग्दैछन् ? यो प्रश्नको जवाफका लागि काँग्रेसको महासमिति र त्यसपछिको राष्ट्रियसभाको अध्यक्षको निर्वाचनसम्म कुर्नुपर्ने भएको छ ।